Skip to content


नबुझे चित्त बोलेरै छोड फकाऊ सपार्न
सभ्यता सिकी सुधार्न लम्क लजाऊ झपार्न

आलस्य हुन्छ अरुको भाग लुछेर नखोस
सन्तोष मिल्छ भनेरै छोड नखााऊ डकार्न

जो पनि बने समाज बन्छ आरेस नगर
सम्बन्ध भन्या त्यसरी लग नजाऊ हकार्न

देखाई खुबी सम्झाई छोड नरम बनेर
खराब कुरा सफाया गर्दै मनाउ सकार्न

लय :– लोक लय (३,२ बराबर ५, र ३,२ बराबर ५, तथा ३,३ बराबर ६ जम्मा १६)
२०७१ श्रावण २२ बिहीवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *