Skip to content

दिलसँग दिल जोड्यौ


दिलसँग दिल जोड्यौ, तिमी को हो भन्छौ ?
बहानामा नाता तोड्यौ, तिमी को हो भन्छौ ?

झरिरहे आँखाबाट बलिन्द्रधारा आशुहरू,
ओठको मुस्कान मोड़ेयौ, तिमी को हो भन्छौ ?

सपनाको सागर सजाई, हिड्यौ आफै चिढिएर
वाचा बिर्सी फोड़यौ मन, तिमी को हो भन्छौ ?

शंकाको कुरा गर्छौ, दिन्छौ नाम नर्तकी को ?
मात्तिदै बाटोमा छोड़यौ, तिमी को हो भन्छौ ?

सपनाको मन्जिल भत्काई, कुशंगत अपनाएर,
घृणाको विज गोडयौ, तिमी को हो भन्छौ ?

निशा अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *