मैले आजसम्म
थाहा नपाएको महलु
थाहा पाएको दिन
आजसम्म अनावृत्त हुननसकेको रहस्य
अनावरण भएको दिन
दुःखमा दु पछिका दुईवटा थोप्ला(:)
के होलान भन्थे म
त्यो त रहेछ
दुःख दुख्ने दुई वटा आँखा
दुःख सुन्ने दुई वटा कान
दुःखको उद्भव दुई थोपा आँसु
दुःख पाउने दुई वटा खुट्टा
दुःख पुछ्ने दुई वटा हात
दुःख किट्ने दुई फँग्लेटा दाँत
दु पछिका विसर्गका यी दुई थोप्ला : को
अर्थ/यसरी खुलिरहेछ
दुई थोपाको अर्थ यसरी फुलिरहेछ ।
२०६२।६।५
