Skip to content


हातेमालो गरौं युवा हो हाम्रो राष्ट्रभरि
जाली सामन्तलाई समाऔं घरी घरी

नातावाद कृपावाद भएर यहाँ
यो नियमले युवा हो देश चल्लाका
यस्तो नियमले राष्ट्र बाँच्ला कहाँ
नातावाद भाइवाद दाजुवाद महाँ

अफिस अफिसमा हेर्दा हामी पनि
बुझिन्छ हामी युवाहो त्यही चाल्मा पनि
युवा सगर्ष गुर्न पर्छ देशमा नेताको लागि
गरौं संघर्ष युवा हो राष्ट्रभरि जागी

हिमालेदेखि मैदानसम्म पनि
जाग्रित गराऊँ हामीले देश डुब्यो भनी
यो देश बचाऊ भावी पुष्ताका लागि
बचाऊ हामी युवाले अन्तिमसम्मका लागि

युवा हो आँखा खोलु चिम्लेर हुन्नु
युवाले आँखा नहेरे यो देश पक्का गयो डुब्न
भरष्टचारी गर्छ राष्ट्रदेखि गाउँघरसम्मै
सके राष्ट्रको ढुकुटीहरू युवा नेताले जम्मै

आएछ संकट युवा हो यो नेपालमा
टार्नुपर्छ युवा हो हामीले अब ता
देशको खम्बा युवा भएर थामौं
बिकृति र बिसंगतिलाई झटारो हानौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *