Skip to content

तीन मुक्तक (जानी नजानी एकले)


१)
जानी नजानी एकले आज, प्यार दिएकी छे
माया गर्छु तिमीलाई भन्ने, विचार दिएकी छे
कस्तो माया हो उस्को त्यो बुझ्नै गहारो भो,
जस्तो भए नि चिनो स्वरुप, उपहार दिएकी छे ।

२)
आइन आज भेट्न, खुसीले कराइरहेछु
किन हो किन उनीसँग, यसै डराइरहेछु
अब मसँगै बस्छिन कि, सोचिरहेको थिए
सपनीमा पो रैछु, त्यत्तिकै बरबराइरहेछु ।

३)
माया माया भनी किन, बहुलाउँछौ तिमी,
आजभोलि सपनामै, हराँउछौ तिमी
सक्छौ भने आफ्नो बाटो खोजी हाल नत्र,
पागलको संज्ञा पाई कहलाउछौ तिमी ।

चन्द्रप्रसाद भट्ट
कोटेली-३, डँडेल्धुरा
हाल – परिवर्तनको संवाहक रेडियो सुदूरआवाज ९५ मेगाहर्ज, डडेल्धुरामा कार्यरत

Leave a Reply

Your email address will not be published. Required fields are marked *