Skip to content

कुशे औंसीमा सम्झिए


सन्तान्ले अति नम्रभै जनकमा, सम्मान गरेरै भने ।
बाबा हे !अब यो उमेर बसने, किर्तन् गरे बेस्हुने ।।
बेला हो हजुरै परिश्रम बिनै, आराम गर्ने सधैं ।
छौं हामी अबता तयार गरने, खाँचो परेको सिधै ।।

सक्ने काम गरौंन क्यै रहरका, इच्छा पिताको हुँदा ।
आरामै सित जीवनी चलिरहोस्, ब्रिद्दादि रोग्ले छुदा ।।
छौं हामी सजगै तयार तिर यी, सारा कुरा कार्यमा ।
दर्शाई दिनुभो सबै पथ निकै, बाँकी नतोडी सिमा ।।

हुर्कियौं ममता दिई हजुरले, माता पिता काखमा ।
हेर्चाहा हुनगो पिता स्वयमको, पालन भयो सौख्यमा ।।
बाँकी क्यै नहुँदा खुशी अति भयौं, मायाँ दिंदा चाखमा ।
मायामोह थियो बढी उभयको, सन्तानकै तालमा ।।

औँशी मोतिजिको जयन्ति पनि हो, यै पर्वको थ्यो दिन ।
जन्मीए कवि ती परन्तु मरनै, छोटो उमेर्मै लिन ।।
भाषाको पनि क्यै विक हुनगो, राम्रो थपे संस्कृति ।
बाँचेका यदि ती भए मुलुकमा, गर्थे निकै उन्नती ।।

खोजी भो कवि भानुको विषयमा, ल्याए प्रकास्मा निकै ।
सन्तान्ले जसरी गरे कविजिका, बारे चनाखो हुँदै ।।
त्यस्तै त्याग पिताजिका विषयमा, हामी गरौँ खोजनी ।
भन्दै अग्रसरै भए अधिक नै, छोरा र छोरी पनि ।।

छन्द :- शर्दुलबिक्रीडीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *