मलाई त कविता फुर्न छाडे,
वर्षात झैँ बर्सिने आँशु
म भाव शुन्य भएर रोकिए,
पीर ब्यथा गुन्य भए
भाव बिभोर भएर आउने,
भौतिक अभौतिक पीडाले चुहाउने
आँशु खै …!
हरायो? कता छचल्किए ?
हर्ष खुशीको स्रोतहरू शुन्य भए,
ज्ञानेन्द्रीयका स्पर्शले तरंगित हुने,
स्नायुभित्रको चेतना शुन्य हुदाँ खेरि,
तरंग वग्न छाडे, सायद …..!
त्यही शुन्य जस्तै मेरो आत्मा,
महाशुन्यमा विलिन हुन् पुग्यो कि….?
त्यसैले होला म पनि मोक्ष भए …!
अनि सम्झिन छाडे सबैलाई ….
मेरो मन भित्र बसेको मायाँ..
त्यो स्नेहको घर भताभुंग भएर,
त्यसै भत्किदा खेरि ….!
त्यसैले होला सायद,
क्षितिजमा मिलनको आभास हुन्छ,
अन्नत,निरन्तर तर,…
कल्पना र भावनको दृष्टि भित्र मात्र,
मानौ दुवैको संगम यस्तै हुन्छ !
आफू उभिएको धर्ती र
आकाशको मिलनको कल्पना,!
तर,
बिशाल धर्तीको हाम्रो,
दृष्टि पहुच गोलाइसँग,
अखण्ड व्यापक आकाशको,
सम्झौताको टुक्रा मात्र हो !
सुक्षम दृष्टिले मात्र अनुभूति हुन्छ,
हाम्रो क्षितिजको कल्पना,
विशाल ब्रह्माण्डमा अवस्थित,
अनेकौ ग्रह उपग्रहसँगको,
वास्तविकभन्दा धेरै टाढा हुन्छ !
जीव र इस्वरको सम्बन्ध जस्तै ..!
कहिल्यै नटुंगिने यात्रा जन्म र मरण,
महाज्ञान भित्रको एक अंश,
सायद त्यसैले होला …
आकाश धर्तीलाई हेरिरहन्छ …
अनि,
धर्ती आकाशलाई ….!

कविता मार्मिक भावयुक्त छ ।
कविता मार्मिक भावयुक्त छ । बधाइ ।
शब्दहरुलाइ यसरी सुधार हैः
शून्य विलीन
म पनि मोक्ष भएँ
ईश्वर
सूक्ष्म
विसाल
अनन्त
अरु कविताहरुलाइ परिष्कार गरेर मात्र राम्रो गरी पाेष्ट गर्नु ।