Skip to content

छरेर ढुङ्गामा बिउ


छरेर ढुङ्गामा बिउ, फलाउने आश नगर
मारेर बोटहरू सबै, पलाउने आश नगर

जानिसके समयले, नियति त्यो तिम्रो
जलेको मुटुलाई फेरि, जलाउने आश नगर

खेल यो कस्तो खेल्यौ, तिमीले यहाँ आज
झुक्याएर जित्छु भनी, छलाउने आश नगर

जसरी बद्लिन्छ मौसमले, रुप सधै यहाँ
त्यसै गरी बद्लिएछु, चलाउने आश नगर

बलियो बनेका छन्, मन मुटु जहाँ अब
बनाएर कमजोर फेरी, ढलाउने आश नगर

रन्जना न्यौपाने
चरिकोट, दोलखा

1 thought on “छरेर ढुङ्गामा बिउ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *