१) सुनमा सुगन्ध
सुनमा सुगन्ध छरेर कहाँ पाइन बस्छ साथी
जीवनको उतार चढाऊ हुँदे जान्छ सबै माथि
हेरौं प्रकृति–प्रदत्त मार्ग नै संसारको सुयात्रा हो
चल्नै पर्छ यसैसँग थल जल सबै जात जाति ।
२) मुस्कान तिम्रो
मुस्कान तिम्रो दन्तको सुहार
दर्शन–मुर्छित मागेनी गुहार
विजुली चम्क्यो चड्कनी पर्यो
अति दरविलो रहेछ भूभार ।
३) सगरमाथाको
सगरमाथाको काखमा बसेको
चन्दनलेपलाई तनमा घसेको
छशुद्ध र शान्त समताको मन
नठान मलाई कसैले डसेको ।
सदानन्द अभागी
