Skip to content

मानिसको जात उस्तो


घाम देख्यो घाम राम्रो,जुन देखे जुन राम्रो
मानिसको जात उस्तो ।
बाहिर बाहिर ठिक्क पार्ने,भीत्र भीत्र छुरी धस्ने
मानिसको बात उस्तो ।
खोला तर्यो लौरो बिर्स्यो,सबै स्वार्थी दुनियाँमा
मानिसको साथ उस्तो ।
बिपनीमा भुलेपनि सपनीमा कताकता आइदिने
सुनसान रात उस्तो ।
चोटै चोट लागेपछि,धोकै धोका पाएपछि पिउनै पर्‍यो
त्यो न शाको मात उस्तो ।
मलजल नगरेर्, नफक्रदै वैलाइदिने
त्यो मालिको हात उस्तो ।
अजर अमर को नै छ ? बाँचेर नै के पो भो र ?
पिरतीमा ज्यानै जाने घात उस्तो
कति राम्रो नभनेर, आफ्नै भन्ने नठानेर कठ्है
गुलाब फुल नि जलाउने घाट उस्तो ।
काजिंदाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *