Skip to content

भत्कियो घर, भित्ता टालिरहेछु


भत्कियो घर, भित्ता टालिरहेछु
चुहियो छानो, पाली हालिरहेछु

केही दिन देखि,निभिरा’छ चूल्हो
कोचेर भुस,आगो बालिरहेछु

पटुका कसी, निस्किएको मेला
घस्रिदै पाउ,अघि चालिरहेछु

प्रणाम गरें, निहुरिएँ पनि
एउटा आशा, अँझै पालिरहेछु

ढुङ्गामा मुटु, नभएरै होला
मनमा पत्थर, कतै गालिरहेछु

भगवानको भर, नपरौं कि परौं?
विश्वास आफ्नै, गर्न थालिरहेछु

सृजना न्यौपाने
दमक झापा
हाल मिनेसोटा,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *