Skip to content

तीन मुक्तक (दोधार)


१) दोधार
दोधारका कुरा नगर प्रिया
मुस्कानमा राख अधर प्रिया
प्रेमको ज्योति समर्पण गर्दा
कदापि नहौ धरमर प्रिया

२) दशा
के दशाले डोर्याए छ तिम्रो नाडी छाम्न पुगें
धारा बग्यो सारा तनमा त्यसैले त काम्न पुगें
आगो जल्यो तनभरी खरो उठ्यो मनभरी
जब्बर थिए इन्द्रीय त एनकेन थाम्न पुगें

३) दोष नदेऊ
दोष नदेऊ राहुलाई अकर्मण्य आफ्नै बानी
जीवनपथ संघष हो कर्म गर छानी छानी
बगेको छ अमृत धारा श्रमिकको पसिनामा
तिर्नु पर्छ त्यसको मूल्य गर्नु हुन्न मनोमानी

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *