“भनिन्छ नि हुने बीरुवाको चिल्लो पात ” चिल्लो पात अर्थात स्वास्थ्य, निरोगी, तन्दुरुस्ती वा मल जल पुगेको, राम्रो स्याहार गरेको के शव्द प्रयोग गर्दा चित्त बुझ्दछ प्रयोग गर्दा हुन्छ । भन्न खोजिएको चाहि माथि आउने बीरुवा वा बालक शुरुदेखि नै राम्रो हुनु जरुरी छ । बाल्यअवस्था राम्रा नभएकाहरू के ठूला मान्छे भएका छैनन् ? प्रश्न उठ्न सक्छ, छन् सीमित, जस्तो पुरुषमा रत्नाकर डाकूबाट ऋषि बनेको र महिलामा फूलनदेवी डाकूबाट बेण्डिट क्वीन देखी एम. पि. हुदै मन्त्रीसम्म भएको उदाहरण नभएका होइनन् । त्यसमा पनि ठूला र असल भन्ने कुरा अलग हो । ती विशेष उदाहरणमा पर्दछन सामन्यमा होइन । जेनेरल टु स्पेसिफिकमा जांदा त्यस्तो उदाहरण दिन सकिन्छ तर पनि तिनीहरू किन कुबाटो समाते स्वस्पूर्त हो कि बाध्यात्मक हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । बाध्यात्मकमा मर्ता क्या नही कर्ता भन्ने ढिपी आउन सक्छ त्यसकारण त्यस्तो बाटो समातेको हुन सक्छ तर चुरो कुरो त क्षमता हुनै पर्छ अनि परिश्रम र विश्वास भएकै हुन्छ ।
“हुने बीरुवाको चिल्लो पात, ” हुन शुरु देखिनै केही राम्रा लक्षयण देखिनु पर्छ नै । केही उदाहरण लिएर हेरौ : नेपालका गौतम बुद्ध, गुरु गोरखनाथ, भारतका महात्मा गान्घी, बर्तमान भारतका प्रधान मन्त्री नरेन्द्र मोदी आदि आदि । हुन त जंगबहादुरको बाल्यकाल पनि कम चुनौती र कष्टदाय थिएन, मामाघरमा बस्दा भुटेको मकै टोपीमा थापेर खाएको मार्मिक कथा पढन् पाइन्छ ता पनि उत्तरार्धमा परस्त्री गमनकै कारण मर्नु परेको कथा पनि गास्सिएकोले अस्तित्वको कुरा आउँद छ । त्यसकारण सबै स्थानमा सबै उदाहरणहरू हुबहु मिल्दैनन् । ठूलो मान्छे बन्न ठूलै घरानको हुनु पर्छ भन्ने पनि होइन, राम्रो पढेरमात्र भइन्छ भन्ने पनि होइन । जसले आफूलाई जन्मायो हुर्कायो, पढायो उसैलाई हेला गर्नेहरूको जमात हाम्रो मुलूकमा ठूलै छ, यद्यपि यिनीहरू राम्रा पढेलेकेका र धनाढ्य बर्गमा पनि पर्छन । आज उदाहरण लिउ भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको । उनी उत्तर गुजरातको महेसाण जिल्लाको एउटा सानो गाउँ वडनगरमा ई.स. १९५० सेप्टेम्बरमा जन्मेका हुन् । उनी सानै देखि मेधावी विद्यार्थी थिए । १९६४/६५ ई.स.तिर स्कुलमा पढदा यिनी राम्रामा गनिन्थे ।
कस्ता विद्यार्थी राम्रा मान्दछन् त शिक्षकले ? अनुसाशित, समयमा स्कुल आउने, स्कुलका हरेक अतिरिक्त क्रियाकलापहरूमा भाग लिने, शिक्षकलाई सम्मान गर्ने, मिलनसार हुनु जरुरी छ हैन त ? हो यस्ता गुण मोदीमा पनि विध्यमान थिए । उनी सकारात्मक थिए, सन् १९६५तिर गुजरातमा भएको बाडीपिडित प्रकोपमा यिनले राम्ररी सेवा गरे ती पिडितको । सानैदेखी निस्वार्थी, समाजवादी, जवाफदेही, समर्पण एवं राष्ट्रवादी थिए । जो सकारात्मक हुन्छ त्यस्ताले सेवा पनि गर्छ । सकारात्म सोच, दृष्ट्रिकोणले मान्छेको जीवन, चरित्र माथि उठाउछ । नरिसाउने, मिलसार मान्छे पाउनै मुश्किल छ । अहिले समाज पैसामुखी र स्वार्थी भइसकेको छ, सिकाएकै त्यस्तो छौं । उनी कर्तव्य गर्थे परीणाम खोज्दैन थे, राम्रो गर्दै गए परीणाम राम्रै आउने कुरा भनिरहनु पर्दैन ।
कम्प्युटरको भाषामा “गार्वेज इन गार्वेज आउट” भनिन्छ, अर्थात जस्तो दिमागमा भरि दिन्छो, त्यस्तै परीणाम (नराम्रो, फोहरकुरा भरि दिए) गार्वेज नै निस्कन्छ नि ? निमको बिरुवा रोपेर आंमको स्वाद कहा पाइन्छ र ? त्यसकारण ठूलो मान्छे बनाउन संस्कारको पनि कुरा आउछ । संस्कार र साहसको कुरा गर्दा त्यो बेला आज जस्तो स्विमिङ्ग पूल, धाराहरू थिएनन् । नुहाउन, लुगा धुन खोला, समुद्रकिनार जानु पर्थ्यो । हरेक हप्ता जस्तो विद्यार्थीहरू नुहाउन समुद्र जाने गर्थे । समुद्रमा गोही पाइनु स्भाविक हो । सधै नुहाउने लुगा धुने गर्दा त्यो देखिनु र नडराउनु पनि मनासिवै हो । तर बच्चामा केही साहसिक बालकले सर्प समाउने, रुख चड्ने, ठूलो भिरबाट फाल हाल्ने जस्ता कार्य गर्छन सबैले सक्दैनन् । मोदीले चाहि एक दिन गोहीको बच्चा समुद्रबाट समातेर स्कुलमा ल्याएछन् । शिक्षकले गाली गरेपछि त्यसलाई घर लगे रे । यस्तो सानो बच्चालाई उसको आमाबाट छुटाएर किन ल्याएको ? तुरुन्त जहाबाट ल्याएको हो त्यही लगिदेऊ पाप लाग्छ भनेर आमाले भनेपछि पुन समुद्रमा लगेर राखिदिएछन रे यिनले ।
पाप लाग्छ भन्नु धार्मिक संस्सकार भएरै त हो नि । यसो गर्नुमा एकातिर साहसिक कार्य देखिन्छ भने घरको सुसस्कार कै कारण गोहीको बच्चा मर्नबाट जोगियो नि ? उस्तै घरमा भए मार मार, अनि फालिदेऊ भनिन्थ्यो होला हैन र ? सुसंस्कार कै कारण उनी पनि संस्कारी बने । पढाइसकेपछि कस्को प्रेरणामा हो दुई वर्ष नेपालको हिमालय क्षेत्रमा गुप्त बास बसेका रहेछन्, यो अवधिमा पक्कै पनि धेरै ज्ञान सिकेको हुनु पर्छ, त्यसबारेमा आउनै बाकी छ । यिनी नेतृत्व लिन सक्ने र अक्षर पनि राम्रो थियो रे । निस्वार्थ काम गर्ने उनको गुण थियो ।
राजनैतिक जीवन सन् १९८७ देखि भारतीय जनता पार्टी (भाजपा)मा लागे । पार्टीमा कडा परिश्रम गरे १९९०मा उनको पार्टी केन्द्रमा गठबन्धन सरकारमा सामेल भयो त्यही साल दुई महत्वपूण कार्य यिनलाई जिम्मा दिईयो, श्रीलालकृष्ण अडवानीलाई सोमनाथदेखि अयोध्यासम्मको रथयात्रा संचाल गर्नु र मुरली मनोहर जोशीको यात्रा भारतको दक्षिणमा रहेको कन्याकुमारी देखी कश्मिरसम्म सफलता पूर्वक संचालन गर्नु । १९९५मा भाजपा दुई तिहाई बहुमतले सत्ता हासिलपछि सोही साल यिनी राष्ट्रिय सचिव नियुक्ति गरी पाचं राज्यको जिम्मेवारी दिइनु कम चुनौती थिएन होला । २००१ ई.स.मा त यिनी गुजरातको मुख्य मंत्री नियुक्ति भई हाले । त्यसैसालको गुजरातको भूकम्पमा यिनले राम्रो सहयोग गर्न सके र सफल पनि भए । यस्तै सहयोग र निस्वार्थ कार्यकै परिणाम २०१२ ई.स.सम्म चारपटक मुख्य मत्री बन्ने अवसर मिल्यो यिनलाई । भारतको सामाजिक एवं सांस्कृकि विकाशमा ध्यान केन्द्रित गर्ने खाल्को संगठन राष्ट्रिय स्वयंसेवक संगठन (आरएसएस)मा १९५७मा शुरु गरे । पछि सोही संस्थामा चिया नस्ताको काम थाले । त्यसकारण उनी सामान्य परीवारको मान्छे हो भन्य कुरा प्रमाणित हुन्छ । आपकी अदालतमा उनले चिया बेचेको कुरा उल्लेखै गरेका छन् । तपाईले जंगिया पनि बेच्नुभएको हो ? भन्ने प्रश्नमा मैले चिया बेचेको हो जंगिया (कट्टु) त बेचिन भन्नुभएको छ । आरएसएसको भवन हेडगेवारमा यिनले सरसफाई पनि गर्नु पर्थ्यो त्यसपछि आफ्नो र वकिलको लुगा पनि धुनु पर्थ्यो । त्यति मात्र हैन उक्त संस्थाका कर्मचारीहरूको रेल र बसको टिकट बुकिङ्ग पनि यिनले नै गर्थे ।
शुरुदेखि नै यथार्थवादी र आदर्शवादीको लक्षण यिनमा थियो । जसले आज उनलाई यति ठूलो पदमा आसिन गरायो फलस्वरुप २६ मई २०१४का दिन भारतको प्रधान मत्री पदको शपथ ग्रहण लिए । यिनको शपथ ग्रहण कार्यक्रममा अफगानिस्थानका राष्ट्रपति हमिदकार्जाईका साथै सबै सार्क मुलूकका राष्ट्रप्रमुखहरूले भाग लिएको थियो । धार्मिक व्यक्ति हुन भन्ने कुरा, २०७१ साल साउन १८ गते ( ०३ अगस्त २०१४ ता.) आईतबार नेपालको इतिहासमा १७ वर्षपछि भारतीय प्रधान मत्रींको ओपचारिक भ्रमण काठमाण्डौमा भएको थियो र सोही दिन नेपालको व्यवस्थापिका संसदलाई सम्बोधनका क्रममा भनेका थिए “म गुजराती हूं, गुजरात सोमनाथको भूमि हो, राजनीति काशीको छत्रछायाबाट शुरु गरे, र सोमनाथ, काशीनाथ हुदै पशुपतिनाथ आई पुगेको छु, सबैलाई अचभ्ति पार्ने ज्ञान दिने बुद्ध जन्मेको भूमिमा आईपुगेको छु ।”
आफ्ना प्रबचनका क्रममा धेरै ठाउँमा बुद्धको नाम उल्लेख गर्दै विजुलीको प्रशंगमा पनि भगवान बुद्धले संसारभरीका मान्छेको मनै उज्यालो पार्ने ज्ञानको ज्योतिदिनु भएको थियो, नेपालसँग पूरै भारतको अंध्यारो हटाउन सक्ने गरी विजुली निकाल्न पुग्ने पानी छ भनेर बुद्धसँग जोडेको कुरा कान्तिपुरदैनिकमा प्रकाशित भएकोले पनि पुष्टि हुन आउदछद । प्रबचनकै क्रममा राजा जनकको जन्म भूमि जनकपुर र बुद्धको जन्मथलो लुम्बिनी तीन महिना पछि सार्क सम्मेलनमा आउदा जानेकुरा उल्लेख गरेका थिए । शिवको विशेषबार सोमबार पारेर श्रीपशुपतिनाथको दर्शन एवं विशेष पूजा गरे र माथाभरी चन्दन लगाए करीव दुई करोड मूल्य बराबरको पच्चीस सय श्रीखण्ड उक्त मन्दिरमा दान पनि गरे। आस्था नहुनेले दर्शन पूजापाठ गर्छन र ? नेपाल धार्मिक स्थल हो भन्ने ज्ञान उनमा हुन सकछ । १७ वर्षसम्म अन्य प्रधान मन्त्री नेपाल नआउनुले सामन्य अनुमान गर्न सकिन्छ । यहाँ कुनै राजनैतिक विश्लेषण गर्न खोजिएको हैन । यस्तै धार्मिक व्यक्तिले आफूलाई ठूलो हुँ भन्ने घमण्ड हुदैन र त आफ्ना घरमा काम गर्ने नवलपरासी कावासोतीका जित बहादुर सारुमगरका आफन्तलाई आफू बस्ने होटलमै भेटेका थिए । उनी समन्य परिवारका थिए र त सामन्य परिवारका मान्छलाई भेटे, ठूला परिवारकाले भए त घृणा गरी हाल्थे होला नि ! इज्जतको सवाल पो हुनछ त । जो जुन परिवेशबाट आएको हो त्यो परिवेशका व्यक्तिका बारेमा जानाकारी नहुने सवालै हुदैन । अर्को महत्वपूण कुरा भनेको आफ्नो अस्तित्व छ भने अर्काको अस्तित्व पनि छ र हुन्छ भन्ने बुझेको हुन्छ ।
हाम्रा कवि शिरोमणि लेखनाथ पौड्यालले आफ्ना कवितामा “म खाऊँ, मै लाऊँ, अरु सब मरुन दुर्वलहरू” भने झै आफ्नो देश मात्र ठूलो, आफ्ना् पार्टी मात्र बलियो, आफ्ना समूदाय र जात ठूला भन्ने जमात कम छैनन्, आज भोलि यिनमा त्यो घमण्ड पनि देखिएन हामी सानै देशका इमान्दार र स्वाभीमानी नेपालीहरूलाई भलाकुसारी गर्न आई पुगे, यो चानचुने कुरा हो र ? टुप्पाबाट पलाएका व्यक्तिहरूमा यस्तो ज्ञान विरलै हुन्छ । धार्मिक अस्तित्वका व्यक्तिमा सबैमा समान अस्तित्व देख्ने दिव्य चक्षु हुन्छ, अँझ यस्ता स्वाभिमानीहरू त आफूलाई सेवक र देशको प्रहरीको दर्जामा राख्न रुचाउछन् । खानपि पनि यस्ता विद्वानका साधा हुन्छ, तामसी भोजनबाट धेरै टाढा राख्दछन् । खानपिन सात्विक हुनासाथ स्वभाव पनि त साधरण हुन्छ, त्यसप्रकारको गुण मोदीमा पनि देखिन्छ ।
बास्तवमा मानिस ठूलो त हुन सक्छ तर असल हुन र धार्मिक हुन कठीन छ । मानिस ठूलो दीलले हुन्छ जातले हुदैन भन्ने कुरा उनले प्रमाणित गरेका छन् । नेपाल र नेपालीको हितहुने कुनै कसर बाकी नराख्ने प्रतिबद्धता पनि गरेका छन् ।
अर्को महत्वपूर्ण कुरा भनेको गाउको एउटा साधरण परीवारको मान्छेलाई भारत जस्तो विशाल देशको जनताले पत्याउने सामन्य कुरा हुंदै होइन भन्छु म त । समाजमा धेरै स्वभावको व्यक्ति हुन्छन् तिनका मन जित्नु भनेको असामान्य कुरा हो, केही खुवी हुनै पर्छ । सबैले पत्याएर चुनाव जितिन्छ, चुनाव मात्र जितेर पुग्दैन पार्टीको प्रमुख हुनु पर्छ, बहुमतले स्वीकार्नु पर्छ अनिमात्र त्यो गरिमामय पद चुम्न सकिन्छ । त्यतिले मात्र पुग्दैन आफूलाई ठूला र शक्तिशाली ठान्ने छिमेकी र पश्च्छिमा देशहरूको पनि अप्रत्यक्ष आर्शीवाद चाहिन्छ होला । यसमा उल्लेखनीय भूमिका खेल्ने उनको गुण, स्वभावका साथै लगनशील भै देशकोलागि केही गरौं भन्ने अटुट स्वभाव र क्रियाशिलतालाई समाजले स्वीकार्नु पनि हो । जसले परीणाम खोज्दैन उसलाई स्वभावत: अप्रत्यासित परीणाम हात पर्दछ । देश र त्यसमा संचालन गर्ने पद्धति खराव हुदैन, व्यक्ति खराव हुन सक्तछन् र व्यक्ति सदा सत्तासिन पनिरहदैन । यो चक्र हो गुमिरहन्छ, कहिले राम्राका हातमा त कहिले त्यस्तैका हातमा शक्ति पुग्द छ । अहिले असल मान्छको हातमा शक्ति पुगेको छ भन्दा हुन्छ ।
यो शक्ति भन्ने कुरा अचम्मको हुन्छ, शक्तिमा भएका बेला, आफ्नो र आफन्तका मात्र अस्तित्व देख्न थाल्यो भने एक दिन दुर्भाग्य अवश्य आउदो रहेछ । लाईबेरिया को तत्कालीन सत्तासिन राष्ट्रपति चाल्र्स टेलर र श्यामुएल डुलाई लिन सकिन्छ, । चाल्र्स टेलर छिमेकी मुलूक सियरालियोनमा बन्दी जीवन बिताइरहेका छन् भने डुलाई त जनताले युद्धकै बेला विभत्स हत्या गरे । बेलायतको इतिहासमा पनि यस्तो कुरा पाइन्छ भने वर्तमान इराकको युद्ध, सिरियाको युद्ध, इजिप्ट हुंदै रसिया र युक्रेनसम्म पुग्दा यस्तै अस्तित्वको गन्धकारण आपसमा लडेको भन्न सकिन्छ । अरुको अस्तित्वको कारण आफ्नो छ, हुनु पर्नेमा आफ्नो अस्तित्वको कारण अरु छन् भनेपछि कुरा विग्रिहाल्छ नि ! शक्तिलाई करकलोको पानीसँग दाज्न सकिन्छ, राम्ररी जतन गर्न सके टिक्छ अन्यथा चीसोसम्म नरहने गरी पोखिन्छ । त्यसकारण ठूला मात्र भएर हुदैन असल हुन पर्छ, असल छिमेकी भए त्यो देश वा समाजमा पनि पक्कै असल पनाआउदछ । संगत असल मान्छको गर्नु भन्छन्, असल छिमेकमा बस्नु भन्छन् यसको अर्थ नै हो असल हुनु, यही असल नेत्रित्वको सरकार छिमेकी भएकाबेला केही असल काम भए सबैको कल्याण नै हुन्थ्यो !
