बेल्जियम, असोज १, २०७१ ।
नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा बेल्जियममा रहेर भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गर्ने पाँच जना महानुभावलाई “भानुभक्त स्वर्ण पदक” प्रदान गरेको छ ।
भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार नरेन्द्रराज प्रसाईका अानुसार ‘भानुभक्त स्वर्ण पदक’बाट अलङ्कृत हुनेहरूमा सर्वश्री विमल गिरी, दीपेन्द्र के.सी., राजकुमार पुडासैनी, दीपकज्योति पौडेल र मोहन खत्री हुनुहुन्छ ।
यसैवीच अनेसास बेल्जियम तथा भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समिति बेल्जियमले उक्त कदरका लागि नेपाल सरकार पर्यटन तथा सँस्कृति मन्त्रालय र भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समितिलाई धन्यवाद एवँ हार्दिक आभार व्यक्त गरेको छ ।
