Skip to content

दशैंशुभकामना


यो दशैमा छ मेरो, मंगलमय शुभकामना !
लौ आयो चाड दशै, घर–आंगन मनाउन ।
कोटी मंगलमय, सबैमा छ शुभकामना ।।

सु–संस्कृति जगेर्ना, गर्ने मान्यजनहरूमा ।
बडागुरु– पुरेत, अनि श्रद्धावानहरूमा ।।
बाबु–आमा घरका, नाता– साइनु पर्नेहरूमा ।
यो दशैमा छ मेरो, मंगलमय शुभकामना ।।

सबै जात–भाषिका, धर्म–संस्कार मान्यहरूमा ।
मेची–काली भित्र वा, बाहिरका बन्धूहरूमा ।।
सेता–अग्ला–सम्मका, अन्न जल लिनेहरूमा ।
यो दशैमा छ मेरो, मंगलमय शुभकामना ।।

जेठा बा–जेठी आमा, साना काकाकाकीहरूमा ।
फुपू–फुपाजु दिदी, भिना–मितबामाहरूमा ।।
जेठा दाइ–भाउजू, साला–साली नानीहरूमा ।
यो दशैमा छ मेरो, मंगलमय शुभकामना ।।

मामा–माईजु जाने, चिनेका कुटुम्बहरूमा ।
छोरी–ज्वाइँ समेत, बान्धव र मित्रहरूमा ।।
भदा–भदैनी नाति, नातिनी पनातिहरूमा ।
यो दशैमा छ मेरो, मंगलमय शुभकामना ।।

दाज्यु– भाइ दिदी, बहिनी बिदेश बस्नेहरूमा ।
यो चाड जान्ने–मान्ने, बांकी समुदायहरूमा ।।
खुशियाली छाओस, पावन यो शुभ पर्वमा ।
यो दशैमा छ मेरो, मंगलमय शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *