दशैंको लिंगे पिङ् अक्षेताले छर्किएर
धर्ती छोड्थ्यौ साथीभाइ पालो पर्खिएर
यसपालीको दशैँमा त आउन पाउन्न आमा
हाँसी-हाँसी मान्नुस दशैँ नरोऊ धर्किएर
आउँछ कि त छोरा भनी नकुर्नु है बाटो
अर्कोपालि दशैं मान्न आउँछु फर्किएर
अरुण पौडेल
गुन्जनगर -४, चितवन
हाल : जापान, योकोहामा
