फुर्दै शुन्दर भाव भीत्र मनका, कुना कुना छाउने ।
हर्षेाल्लस बढाइ बाँकि दिनमा, शैाभाग्य चम्काउने ।।
फैलियेास यसकीर्ति वैभव गति, सत्मार्ग लागोस् मन ।
छर्दै अमृतवाणी कण्ठ रसिलेा, वन्नेछ भावि दिन ।।
जाउन ब्याधिहरू शरीर मनका, आरोग्य हेास देहमा ।
लक्ष्यै पूर्ण हउन जहानसवका, भाग्यै खुलेास गेहमा ।।
शत्रु मित्रबनुन अतीत रसिलेा, छर्दै नँया पालुवा ।
अर्पेँ येा शुभकामना दशमीकेा, पूज्दै भवानी शीवा ।।
निशा खनाल अर्याल
इजरायल
