मिरमिरेमा तिमीलाई हेर्न मन लाग्छ
तिमी आउने बाटो हेर्दै कुर्न मन लाग्छ
यो मनले रोजेको छ मायालु साथी देऊ तिमी
डाडापारि मन डुल्यो दुख हराए झैं
मायालुले हृदयमा हलचल मचाए झैं
कल्पनामा तिमीसँगै डुब्न मन लाग्छ
तिमी आउने बाटो हेर्दै कुर्न मन लाग्छ
यो मनले रोजेको छ मायालु साथी देऊ तिमी
गुराँस फुल्यो वनैभरि डाफे नाचिदिए
छातिभरि मायालुका पृति बसिदिए
तिमीसितै क्षितिजको भञ्ज्याङ पुगुँ लाग्छ
तिमी आउने बाटो हेर्दै कुर्न मन लाग्छ
यो मनले रोजेको छ मायालु साथी देऊ तिमी
शब्द – नरेन्द्रराज प्रसाईं
स्वर – सुकमित गुरुङ
संगीत – बुलु मुकारुङ
‘मेरो मनको देउराली’ पृ २०
