Skip to content


परेलीहरू बिछ्याई हेरे मुटुले तानेर
चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर
तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा
फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा

जिन्दगी होइन खेलौना कुनै खेलेर मिल्कायो
अतित बस्छ आँखामै आई डढाई वहायो
प्रतीज्ञा कुर्छ कुनामा बसी मुस्कान छरेर
उढेको मन बालेको दियो आत्माले सम्झेर ।

कल्पना शागर यथार्थभन्दा धेरैले विसाल
तर्कको घर त्योभन्दा गाह्रो कसिलो सन्जाल
भीरको बाटो थाकेको देह घाम डुवे माझैमा
कसरी भेट होलार साथी आजको साँझमा

अज्ञान धेरै सम्पति देख्छ गर्वले फुलेर
कंगाल आत्मा वोकेर हिड्छ चितीलाई भुलेर
छोपेका आँखा उज्यालो देख्ने विचित्र संसार
कर्मको गति को भन्न सक्छ? रहश्य अपार ।

निशा खनाल अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *