वजन नि घटायो ताकत नि सकायो, कस्तो रोग लाग्न पुग्यो रे
क्या मलाई सतायो, आदि मुहार लटायो, लौन यो हर्पसजोस्टरले
सोच्न नि सकिन, भन्न नि सकिन हो, सिकिस्तै यसले बनायो
न कैले देखेथें, सुनेथें, भोगेथें, सुटुक्कै पसेर आफै जनायो
खानु न पिउनु हो, बोल्नु न हास्नु भो, किन हो रुने बनायो
ज्वरो नि फुटायो, गाला नि रतायो, दांतै नि दुखायो बातै छुटायो
वजन नि घटायो ताकत नि सकायो, कस्तो रोग लाग्न पुग्यो रे
क्या मलाई सतायो, आदि मुहार लटायो, लौन यो हर्पसजोस्टरले
मन भयो छटपटी, पेट पोल्यो भतभती, के हुने होला अव खै
भाव उल्र्यो छाल बनी, आंशुको ताल बनी, फुटेर पोखिएला है
याद आयो बरि लै, गांउघर भरीलार्ई, यो मन मेरो उतै रमायो
यता नि सम्झन्छु, उता नि सम्झन्छु, सारै नै आपद बनायो
वजन नि घटायो ताकत नि सकायो, कस्तो रोग लाग्न पुग्यो रे
क्या मलाई सतायो, आदि मुहार लटायो, लौन यो हर्पसजोस्टरले ।