Skip to content


पीडाभूगोलः जीवनका अनन्त विस्फोटनहरू
विसंगतिका संगति लिएर
एक अराजक बादलयात्रा गर्छन्
मृत्युमानवहरूको जीवनझैं
गैडाको छाला ओडेर
हामी कुनै वृहत षडयन्त्रहरूको जंगलतिर प्रस्थित छौं ?
गुरेवाघ र इन्टरपोलका रेडकर्नर नोटिसहरू
हुड्केली नृत्यमग्न छन्
म जिन्दगीका हिमपातहरूमा
मायासभ्यना उत्खनित छु
ए ! नरभक्षी बाघहरू कता हराए ?
यहाँ त सर्वत्र नरभक्षी नरहरू छन्
सपनामा बाघको सवारी गर्दै
यहाँ केही प्रजातिहरू बोक्सीहरूको सम्मान समारोह
आयोजना गर्दैछन्
टापुवासः कुहिरोमा हराएका वस्तीहरू
हामी पत्थर सम्वेदनाका घाटीतिर
मनपरिवेष्टित छौं
रक्तरञ्जित बज्यैहरू आशिष दिन्छन्
‘बावु, मान्छे भएस् नेता नभएस् !’
भजन उद्यमीहरूः देवदेवीका व्यापार गर्दैछन्
आऊ, हामी आ–आफ्ना चिहान खन्न जाऔं
क्लोनिङ्ग गोर्खाली – मानव जेनेममा
हाम्रा निक्लियोटाइडहरू प्रतियुद्धमा छन्
हत्याकाण्डहरूको महान देशः हामीसित
हत्याकाण्डहरूको इतिहास छ, वर्तमान छ,
के भविष्य पनि रहिरहला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *