Skip to content


कोहि बस्छन् मनमुटुमहा नित्य डेरा जमाई
तौलि तौलि जीवन गतिका उन्नतिको कमाई
नाफाघाटासंग नभिडनु ब्यर्थको यो लड़ाई ?
बाकि वाच्ने अमर रचना आफनो गीत गाई

जानि जानि किन नबुझने देखिने जीवरेखा
भित्रि आँखा किन नखुलने होकि यो कर्मलेखा ?
दायाबाँया त्रीषित मनकाद्वार यी ईन्द्रियै हुन्
बग्दैजादाँ भुवरी तलका वासना भर्दिने हुन्

छाडी यात्रा विषय गतिको ध्यानयौटै लिएर
थोरै थोरै अमृतरसको नित्य मात्रा पिएर
ज्योतिवन्दै श्रीजनपथगा चम्कने तारका झैं
त्यस्तैयात्रा सुपथ बुझियो बाँकि अस्थाई सारै ।

आफ्नु आफ्नु गति छ सवको चेतनाले दिएको
आफै चल्ने प्रकृति बलियो कर्ममा बाँधिएको
यात्रीयात्रा निकट खिचिए भाग्य दूर्भाग्य के यो ?
मात्रै स्थायी परिणति दिने कर्मैको संगति हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *