Skip to content


कसलाई सुनाऊँ खै जीवनको कथा
जसलाई भने नि घट्दैन ब्यथा

न त जान्छ प्राण आज न त बाँच्न सक्छु
आदि हाँसो आदि खुशी यस्तै यस्तै म’ता

दुखले रुदै झरेको आँशु बुझाऊँ कसरी
नमान्नु दुख परेली तिम्रो रुझाऊँ कसरी

उधारो माया दिएर सागर तरेर जानेलाई
के भन्न सक्छु उदास यो मन गरेर जानेलाई

कसलाई सुनाऊँ खै जीवनको कथा
जसलाई भने नि घट्दैन ब्यथा

रामकृष्ण पौडेल ”अनायास”
कविडाँडा, भरतपुर चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *