Skip to content

सम्प्रति मृत्युउत्सवहरू


जिन्दगी
एस–ट्रेभित्रका विद्रोहहरू
ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा

शुभ–साइत दुर्भाग्यहरूको
च्याउको रुख चढदै
गलगाँड सुन्दरीहरू रगतको नदीमा
माछामार्दै छन्

वन्दी प्रत्यक्षीकरण रिट: मिसिलविना
औद्योगिक जोगीहरू सुरुङभित्र धरहराहरू
उत्पादन गर्दैछन्

अवशिष्ट गौरवगाथा : जाउँ वरु भाडाका
टट्टु वनी विक्नलाई
हामीसित देशमा वालसैन्य छँदैछ

काञ्जीहाउस इफेक्ट : सन्निकट शनीका घेराहरू
टेलिस्कोपमा आँखालाई हेर प्रत्यक्षकृत
हुनेछन्– अन्तरिक्ष गोरुगाईहरू

ग्रामिण महाभारत : एउटा सिङ्गो जाती
देश छोडेर कता जाँदैछ ?
सम्प्रति मृत्यु उत्सवहरूमा के जिन्दगीका
भाउ लाइदैछन ?

जिन्दगीको हाटबजार : सस्ता बमहरू बिक्रीमा छन्
के गर्ने, रानीपोखरीहरू देखिन्छन्
आँसुपोखरीहरू देखिदैनन्

द सेकेन्ड सेक्स – भाइटल नापका विस्फोटनहरू
किन एउटा सिङ्गो मानवमा
गुणसुत्रहरूमा विभाजित छ ?नकरा !

कति ‘बुद्ध ! बुद्ध !’ कराइरहेको
आजभोलि बुद्धभन्दा कम्प्यूटरहरू
ज्ञानी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *