Skip to content


देश परिवेश: पुरातनपन्थी थकाइमा
मस्त निदाइरहेको बेला
एकथरी देशहरू
कालापहाड तर्फ लागेका छन्
मुटू कलेजो हराएर
बूढा सुब्बाका जोखनाहरू मूच्छित छन्
सर्वत्र विद्रोही र छापामारका कुरा
भूकम्पीय क्षतिका भविष्यवाणीसहित
आह ! पालतिर हामीले थुप्रै
ट्रमा सेन्टर खोलेका छौं

भगवानहरू सेल्टरमा छन्– छैनन्
तर हामी गरिबहरू
भगवानका मामलामा साह्रै धनी छौं
कम्ब्याट ड्रेस
एम – १६
नाइटभिजन
स्काई ट्रक …
नाइजेरियाली मिसदङ्गाहरू वीच
हामीले पनि वोधिका केही
नयाँ शब्दावली पाएका छौं
बज्रस्वाँठ अख्तियारहरू
हिरासतमा गाँजाखेती गर्छन्
अनि क्यूपर वेल्टतिर कतै
वरफका ढुङ्गाहरू पल्टाउँदै
पिङ्गपङ्ग भाइरस खेल्छन्
आफन्तहरूबाट कति बेचिए
पराईका चेलीवेटीहरू ?
क्यूरियोका सम्बन्धहरू रुन्छन्
खोई कहाँ हराए जामुना गुभाजुहरू ?
आजभोलि कार्टुनीकृत विषादका सिमसारहरूमा
जादुका धुम पो मच्चिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *