सकिएन धनीमानी करोडपति बन्न
ड्राइभर भइयो बल्ल गाडी चलाउने धन्न
बिहानदेखि साँझसम्म हुन्छु रोडमा व्यस्त
जति भए नि साहुलाई ठिक्क के काम गर्नु यस्तो
फुर्सद छैन कोही कोहीलाई आफ्नै धन गन्न
धेरै दुख कष्ट गरे यही ड्राइभर बन्न
कार कुदाउछु सरर मैयाँ जिस्काई रोड्मा
घर परिवार सम्झन्छु हरेक मोड मोड्मा
गल्ती केही नगरे नि खोज्छ ट्राफिकले हान्न
सजिलो छ सबैलाई ड्राइभर सा’ब भन्न
जरुरी छ जीवनमा ड्राइभरको यथार्थ जान्न
कहाँ छ र भनेझै सजिलो ड्राइभर बन्न ?
देव घिसिङ(दुखी)
पु.झा.०८ खनियाखर्का सिन्धुली
हाल- लाजिम्पाट, काठमाण्डौं
