एक्लै हिडूँ जति सक्छु जहाँसम्मलाई
को हुन्छ र !सँगै यहाँ वहाँसम्मलाई
एकै हाँगा फूल पातसँगै झरेको छ ?
ठुलो कुरो साथ रह्यौ यहाँसम्मलाई
विचारको सुगन्ध नै टाढा टाढा पुग्छ
आऔँ यो फिजाऔँ जहाँ तहाँसम्मलाई
जीवन भर साथ दिन्छु नभन्नुस कसै
कति दिनै साथ हुन्छौँ कहाँसम्मलाई !
