उजाड भयो जीवन वैशाखे मैदान सरी
पाकिसक्यो यो मन जेठको गर्मी सरी
लतपतियो मेरो तन असारे हिलो सरी
धमिलियो यो जोवन साउने बाढी सरी
बगिसक्यो आँसु मेरो सबै भदौरे भेल सरी
अंकुराएको थियो माया असोजे दिन सरी
एकैछिनको रमझम भयो कार्तिके चाड सरी
फेरि आयो जीवनमा तुषारपात मंसिर सरी
कठँग्रियो मुटु मेरो पुषको त्यो घाम सरी
त्यसैमा टुक्रियो मुटु मेरो माघको ठंडी सरी
रगतको होली खेलियो यहाँ फागुने रंग सरी
उडि गयो हाँसो सबै मेरो चैतको हुरी सरी
अँध्यारो छायो जीवनमा औँसीको रात सरी
पर्खेको छु पाउन जीवन पूर्णिमाको जून सरी
