खै कहाँ छ देखाऊ मेरो बेपत्ता पारिएको छोरो
भोट दिन्छु तिम्लाई फिर्ता गर्छौ भने मारिएको छोरो
काख रित्तो बनायौ सिंउँदो पुछ्यौ मेरी बुहारीको
मुखसम्म हेर्न दिएनौ पापी शारीर अन्तै छाडिएको छोरो
आफ्नै झोली भोर्छौ के बन्ला र संविधान आखिर
लेख घोषणा पत्रमा व्युताई दिन्छौँ तिम्रो गाडिएको छोरो
मिठा कुरा गर्छौ जीत्छौ नसके हत्या,हिँसा गर्छौ
के दिन्थ्यौ र श्रीमती आमाबाट आज टाडिएको छोरो /
रामकृष्ण पौडेल ”अनायास”
गजलकुञ्ज, भरतपुर चितवन
http://ramkrishnakapana.blogspot.com/
