सबै
सबै जना बराबरी कहाँ हन्छन् साथी
सबै चिज सराबरी कहाँ हुन्छन् साथी
मन हुन्छ धन हुन्छ हुन्छ सबै तर
सबै लुगा जडाउरी कहाँ हुन्छन् साथी
पिउने
पिउनेले पिइदियो अमृत नै ठानी
मदिरा नै दिएको हो सबै जानाजानी
अमृत नै बन्न गयो मदिराको प्याला
यस्तो पनि चल्दो रैछ यहाँ मनोमानी
लोभी
लोभी पापी संसारमा कहाँ छैनन् साथी
मान्छे सबै बराबरी यहाँ छैनन् साथी
समतामा भर्नु पछ ममताको भाँडो
शान्ति मिल्छ लोभी पापी जहाँ छैनन् साथी
सदानन्द अभागी
