Skip to content

ससापद्वारा समीक्षात्मक साहित्य गोष्ठी सम्पन्न

20141206_NandaLalAcharya-News


राजविराज, २० मङसिर, २०७१ ।

सगरमाथा साहित्य परिषद्ले मोहन कोइरालाको स्मृतिमा शनिबार राजविराजमा बहुभाषी समीक्षात्मक साहित्यिक गोष्ठी आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सभाकक्षमा आयोजित गोष्ठीमा मीना ठाकुर, देवेन्द्र मिश्र, मन्जु श्रेष्ठ, नन्दलाल आचार्य, गिरीराज पौडेल, सागरवीर कडारी, करुणा झा, श्यामसुन्दर यादव पथिक लगायतकाले आ–आफ्नो रचना वाचन गरेका थिए ।

यसैगरी गोष्ठीमा साधना झा, किरण झा, शुभचन्द्र झा, सत्येन्द्रनाथ चौधरी, श्यामपृत मण्डल, विकास श्रेष्ठ, जयराम भगत, ध्रुव मण्डल, बिमला देव, पिंकी झा, नरेन्द्र देवले समेत कविता प्रस्तुत गरेका थिए ।

परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेलको अध्यक्षता एवं पूर्व प्रधानाध्यापक मीना ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा प्रस्तुत कविताहरूको समीक्षा शिक्षक एवं पत्रकार देवेन्द्र मिश्र र व्यासशंकर उपाध्यायले गरेका थिए ।

सचिव एवं कार्यक्रम संयोजक नन्दलाल आचार्यद्वारा सञ्चालित कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष बैद्यनाथ झा, नेपाल रेडक्रस सोसाइटीका बुद्धिप्रसाद पौडेल, ससापका शिवकान्त सुमनले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा उत्कृष्ट रचना प्रस्तुत गरेवापत मीना ठाकुर, करुणा झा र जयराम भगत माली तथा समीक्षकहरू मिश्र र उपाध्यायलाई उपहार प्रदान गरिएको थियो ।

उक्त अवसरमा अजय झा, विजयकान्त धमला, मुना ढकाल, पुनम पोखरेल, दिनेश शर्मा, ओमप्रकाश यादव, बिन्दु यादव, अमरकिशोर मुखिया, हेमशंकर सिंह, अरुण तिवारी, उपेन्द्र नारायण मेहता, अस्मिता पोखरेल, मान्सी पोखरेललगायतको उपस्थिति थियो ।

वि.सं. १९८३ मंसीर ११ गते जन्मिएका कवि मोहन कोइरालाले वि.सं. २०३०मा साझा पुरस्कार र वि. सं. २०३८मा मदन पुरस्कार र रत्नश्री स्वर्ण पदक प्राप्त गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका कोइरालाका नदी किनारका माझी, ऋतु निमन्त्रणा, मोहन कोइरालाका कविता संग्रह, सारङ्गी बोकेको समुद्र, नीलो मह खण्डकाव्य, हिमचुली रक्तिम छ, गरलपान, एउटा पपलरको पात कविता संग्रह, कविताबारे केही समीक्षा, लेक काव्य लगायत कृतिहरू प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *