Skip to content

सम्झी सम्झी रुनु भन्दा


सम्झी सम्झी रुनु भन्दा बरु पागल बनाइदेऊ
तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देऊ

मुटु साटेकै किन माया प्रीति बसेकै किन
साथ हिडेकै किन हत्ते गरी चाहेकै किन
यो दुनिया पराई भो प्राण मेरो खोसिदेऊ
तड्पी तड्पी बाँच्नुभन्दा बरु मृत्यु मलाई देऊ

बिर्सु कसरी बिर्सु आउँछिन् सोचाइभरि
सम्झुँ कसरी सम्झुँ चर्किन्छ छाती बेसरी
यो जिन्दगी बेहाल भो सास मेरो रोकिदेऊ
तड्पी तड्पी बाँच्नुभन्दा बरु मृत्यु मलाई देऊ

शब्द – नरेशदेव पन्त
स्वर – आनन्द कार्की
संगीत – सचिन सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *