वेदनाको साथी
वेदनाको साथी हो ऊ, लाउँछु मैले मित
न्याउलीको भाका झिकी गाउँछु आफ्नै गीत
बन्न जान्छ मेरो गीत वनको सायरी झै
तड्पी उड्छ मनको पंक्षी खोज्दै गर्ने हित
सपनीमा आइन्
सपनीमा आइन् तिनी बसिन् एउटै खाटमा
व्युँझी उठी तलाश गर्दा कोही छैनन् साथमा
विपनीमा धोका पाएँ आज सपनीमा पनि
निदरी त हराइ गयो जागा रहें रातमा
जून मैले खोज्दै थिएँ
जून मैले खोज्दै थिएँ, तारालाई भेटे
तृषित थियो यो मन प्यास पनि मेटे
के नै थियो लिनु दिनु थियो रित्तो हात
यस्तो प्रेम धोका रैछ बल्ल आज चेते ।
