एक
कस्तो शनि सङ्कटाको मूलमा परे छ यो जिन्दगी
हिँडदा हिँडदै गन्तव्य हराएको यात्री बने छ यो जिन्दगी
आफूलाईभन्दा अत्याधिक विश्वास गरें उनलाई
आफन्तैबाट जोगिनु पर्ने त्रासदिरहेछ यो जिन्दगी ।
दुई
पानीको कुनै आकार हुँदैन
झुठको कुनै आधार हुँदैन
पैसालाई नै महान् ठान्छौ भने साथी
हाम्रो मित्रता साकार हुँदैन।
तीन
निम्छरोलाई बलियाले केही जस्तो गन्दैन
चुस्नसम्म चुस्न पाउँदा धर्मको कुरा भन्दैन
अल्नो पनि खान्न ढिको पनि फोड़दिन भन्छौ भने
निश्चित छ अब यो देशमा संविधान बन्दैन ।
