जब
जब गर्छ दोष कहलाउँ छ दोषी
पुर्याउँदैन होश बन्छ विहोशी
कर्म गर्नु कर्तव्य हो कर्म छाड्न हुन्न
नम्रताको बाटो छोड्दा बन्न जान्छ जोशी
तब
तबमात्र थाहा लाग्यो जब आँखा जुझे
सारा तन मन यहाँ बिना वर्षा रुझे
बल्न गयो मनअग्नि सारा देह जल्यो
खरानी भो सारा तन अनि मात्र बुझे
अब
अब भने मनमनै सारा कुरा बुझें
दिलभरि घाम लाग्यो नयन भने रुझे
मानिस हो लोभी हुन्छ पसें लोभभित्र
अरु के नै लिनु थियो चार आँखा जुझे
सदानन्द अभागी
