आजकल मान्छे धेरै, कमाउन खोज्दै छ
फगत ब्यर्थै बिलासीमा, रमाउन खोज्दै छ
न चिन्ता छ भविष्यको, न सम्झन्छन बिगतलाई
फेद ढाली टुप्पो, समाउन खोज्दै छ
जान्ने कोभन्दा नजान्ने को, हालीमुहाली चर्को भो
ठाउ ठाउमा आफन्त राखी, अड्डा जमाउन खोज्दै छ
यदाकदा बजारमा सुनिन्छ, नारी पुरुष बराबरी
दाइजोसँगै डोली, अन्माउन खोज्दै छ
मै खाऊ मै लाउ, सस्तो संस्कृति बढ्दै गयो
चुसी रस बचेको अरुलाई, थमाउन खोज्दै छ
सूर्य प्रकाश भुसाल
गैडाकोट नगरपालिका,नवलपरासी
