Skip to content

ऐनाले खुच्चिङ गरेको


ऐनाले खुच्चिङ गरेको हो कि
यो बैंश साँच्चै झरेको हो कि

बेचैन लाग्यो जवानी गुम्दा
तकदीर यस्तै परेको हो कि

तर्केर आफैँ विलाए इच्छा
मुस्कान खोलो तरेको हो कि

टुक्रेछ छाती छचल्की पीडा
मायालु अन्तै सरेको हो कि

ओइलेछ बेली चमेली जम्मै
आनन्द बेला टरेको हो कि

माधुर्य सारा हरायो मन्मा
डरलाग्छ तृष्णा मरेको हो कि

देखिन्न एउटै खुसीको बाटो
हे ! देव तैँले हरेको हो कि

यी केश पाके सबै नै अहिले
कालास्त्र सोझै छरेको हो कि

(बहरे सगीर अहज)
सूत्र:-२२१२ २१२२ २२
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *