विद्वानहरू पनि कर्तव्य र अकर्तव्य बिचको फरक छुट्याउँदा अलमलिन्छन; अरे त्यसैले पो हो कि ?
कहिले एकताको बिकुल बज्ने हो ? कहिले नेपाली जनताले आफ्नो अधिकार ठाडो पारेर, छाती फुकाई शानले अनि शान्तिले बस्न पाउने हो ? आखिर कहिले ? नेपाली जहाँ गए पनि, देशमा नै भए पनि, आखिर नेपाली कै दुर्दशा किन यस्तो ? गरिब, दलित, जनजातीले नै किन बोका, राँगा झैँ रेटिनु पर्छ च्यापमा परेर ? अँझै कति खेलवाड गर्छौ त देशमा नेता हो । आफ्नो देशभित्र भइरहेको हानाहान ताकताक कुतारताको जिम्मेवार को हो त ? लौ भन् नेता, बुद्धिजीवी, तथा देशलाई स्वार्थमा खलप्प डलर खाँदै देशको नै पहिचानलाई लिलाम गर्न चाहने नेपाली नामले आफूलाई चिनाउने चेतना भएका मानव प्राणी हो ? आज नेपाल देश किन आमा बाबा नभएको टुहुरो झैँ भएको छ ? नेपाल बहुभाषी, बहुजाती, बहुसंस्कृति भएको देश, धार्मिक सहिष्णुता कायम रहेको अवस्थामा नेपाल विश्वको दुई अर्व जनसंख्याले अवलम्बन गर्ने धर्मको उद्गमस्थल भनेर नेपाल चिनिएको देश हो । साथै एक अर्बभन्दा बढीले आत्मसाथ गर्ने बुद्धको जन्म भएको पवित्र भूमि, जहाँ, जनक, सीता जस्ताको जन्म भयो, त्यस्तै एक अर्वभन्दा बढीले अंगालेको हिन्दूत्वको रक्षा हुदै आएको देश पनि नेपाल नै हो त्यसैले यो हाम्रो देशको गौरव तिमीहरूको डलरको तागतभन्दा पनि ठुलो आत्मा विस्वास, प्राकृतिक सौन्दर्यको खानी, देवी देवताले राज गर्ने स्थलको पुंजी हो यो देश । हामी आफ्नो धर्म र संस्कारको जुन सुकै जातजाति भए पनि रक्षा गर्न पछि पर्ने छैनौ किनकि यो हाम्रो प्रतिष्ठा हो भन्ने कुरा आज, कसरी नेपाल भित्रका नपाली नागरिक, बुद्धिजीवी, शिक्षक, कलाकार, गायक, गायिका, राज्यका नेता भनेर मुख देखाएर कुकुरले भुके झैँ तराजुमा आफूलाई सक्दो मूल्यमा तौलिदै भाषण गर्दै हिड्दै छौ बिदेशी दलालहरूको आडमा ? र ताली पड्काउछौ पटटट गर्दै, थुक्क एक पल्ट आँखाँ उघारेर हेर त !
जसरी दार्जिलिंगमा भएको गोर्खाल्याण्डको आन्दोलनमा कतिले आफ्नो ज्यान आहुती दिए, त्यस्तै राजतन्त्र हटाएर गणतन्त्र ल्याउँदा कस्तो न चयन होला, देश साच्चै प्रचण्ड र बाबुरामको भाषण झैँ झिमिल्ल बन्नला अनि कर्करखाना र श्रमिकहरूले गरी खान पाउला भन्दै नेपाली जनताले अब बिदेशिको गुलाम बन्नु पर्ने छैन भनेर खुनको धारा बगाए त्यस्तै आफ्नो नेपाली अस्तित्व जोगाउँन आफ्नै देशको सीमाना बचाउन ती वीर गोर्खाली शहिदहरू लागि परे आखिर तिनीहरू पनि कुनै बिदेशी दलालले डलर दिएर पठाएका थिएनन् । हाम्रै नेपाल आमाका हिन्दू, बौद्ध नामले गर्व गर्ने सन्तान, जसले आफूलाई आहुति दिएर नेपालको सीमाना तथा हिन्दूत्वको रक्षाकोलागि लागि परे ।
नेपाली आमाका सन्तानहरू आज आफ्नो देश संकटमा परेको देखेर विदेशीको गुलाम बन्नु नपरोस् भनेर आफ्नो ज्यानको नै प्रवाह नगरी देश र हिन्दूत्व प्रति सम्मान गर्दै अबका दिनहरूमा चाहे जुन सुकै मुलुकमा हुन आफ्नो संस्कृति, राष्ट्रियता र राष्ट्रभाषाको बोध यसरी गराइरहेका छन् । आफ्नो आहुति दिदै किन नेपालमा केही पाखण्डी नेताहरूको कारणले गर्दा जाति, भाषा र धर्मको आड लिदै राजनीति गर्नाले र आपसमा भेद र भावको दुरी ल्याउनाले आज वीर गोर्खालीको नाम “हिन्दू राष्ट्र हो मेरो” भन्ने निशाना भात्काउने आफ्नो स्वार्थको लागि नेपाली जनतालाई राष्ट्रियताको हित र जनताको लागि आँखा मिचौली जस्ता कुरा गर्दै मह झैँ मिठासमा लात्पटाउदै आँखामा ओझेल राख्दै डलरको लालचमा बिदेशिको पाउ मुसार्ने नेताहरू तिमीहरूले चाहेको के हो ? कहिले खुल्छ तिमीहरूको आँखाको पर्दा ?..यसरी देशमा आफ्नै नेपाली बीच खुनको खोलो बगाउन मन छ फेरि ? देशलाई खोक्रो तुल्याउन र बिदेशिको हातमा सुम्पिदा कतै तिमी र तिम्रो सन्तानले भोलि माग्ने झैँ वटुका लिएर हिड्नु पो पर्ने हो कि? भोलिका दिनमा बिदेशिले कुकुरलाई हड्डी को टुक्रा फाल्दा लुछाचुँडीमा एकअर्कालाई टोक्न पुग्ने तिम्रो त्यहा कतै आफ्नै सन्तान त पर्दैनन ? यदि त्यहा तिम्रो आफ्नै सन्तान परे भने पनि के तिमी यसरी नै मस्त महलमा बसेर डलरमा मिठासमा रमिरह्छौ कि ? थुक्क देशको अवस्था गम्भीर दिनप्रति दिन हुँदा पनि कहिले आँखाँ खुल्छ त ?
लौ अब हिन्दू राष्ट्रका सम्पूर्ण नेपाली हो आफूलाई जातभातमा नदाजी हामी नेपाली हौ र हाम्रो देश नेपाल बुद्ध तथा ओमकार को देशको हित र रक्षाको लागि हामीले आफ्नो चेतनालाई अब खोल्नै पर्छ किनकि आजसम्म हामी देशमा सबै धर्म मिलेर बसेका थियौ आनन्दित थियौ, तर आज हामी एक अर्कालाई लड़ाउदै विदेशी दलालले आफ्नो चुट्कीमा पार्टीका केही नेतालाई हातमा लिन उनीहरूको मूल्य तोकेर नेपाललाई धर्म युद्दतिर लैजादै छन त्यसैले विदेशबाट झिकाउने बिभिन्न तरिका जस्तै कैसर तथा अन्य रोग निको पार्न भनी दलालहरूले त्यहाको सँस्थाबाट फन्टमा उसको नाममा डलर झिकाइसकेपछि त्यो गरिब लाचार असहाय दलितलाई खसी बाख्राको मूल्य लागाए झैँ गरी मुखमा माड़ हाल्न खुशीपारे झैँ गरी थोरै रकम दिने तथा जनजातीको पछि कुनै औचित्य नरहेको बरु झन धार्मिक_कर तिर्न बाध्य गरिदै आएको छन भने इसाईहरू नेपालमा आएर सिधा साधा गरिबहरूको रगत चुस्न बन्द गर्दैनन् आखिर किन ? तिनीहरूलाई यसरी छाडा राँगो, वा साँढे झैँ मनोपरी गर्न दिने यी कुर्शीमा राज गर्न हात जोड्दै आउने केही नेताहरू पनि इसाई बनेर तिमीहरूको जीवन स्तर सुखी हुन्छ भन्दै लत्पटाउदै अन्तिममा आफ्नो ढाल बनाएर गरिब-गुर्वा कै रगत चुस्न पल्केका रैछन ।
मलाई याद आयो श्रीमद्भागवत गीतामा श्रीकृष्णले यस्तै उद्घोष गरेका सानो भनाई, संस्कृत वाङ्मयमा सूक्ष्म तत्वका सम्बन्धमा व्यापक साहित्य उपलब्ध छ । देश, काल, परिस्थिति र यस्तै अनेकौं जटिल परिवेशभित्र गुडुल्किएको र आत्मविस्मृतिको गर्तमा गिरेको तथा भ्रष्ट आचरणद्वारा पतित भएर माया, मोह जालले आवद्ध जीवले यस्तो सूक्ष्म तत्व सहजै ग्रहण गर्न सक्दैन । स्थूल दृष्टिले पनि उसले विधेयात्मक पक्ष वा असल राम्राभन्दा नराम्रा र खराब कुराहरू नै देख्छ । यस्तो दृष्टिलाई गिद्धेदृष्टि भनिन्छ । गिद्ध आकाशमा धेरै उचाइमा फन्को मारेर घुम्छ । यति धेरै माथि ठूलो फन्को मारेर घुम्ने गिद्धले पृथ्वी तलका सबै पदार्थ छर्लक्कै देख्छ । तर उसको दृष्टि केन्द्रित हुन्छ खोलाखाली वा अनकण्टार कुनाकन्दरामा सडिरहेको दुर्गन्धित सिनोमा । वरपरको प्राकृतिक सोन्दर्य, नानाभाँती फलफूलको सुगन्धमय वासनामा ऊ आकर्षित हुँदैन । एक्कासि हुर्रिएर गिद्ध आकाशबाट वेगमार्दै तल झरेर त्यही दुर्गन्धित सिनो लुछ्न थाल्छ।
त्यस्तै यो देशमा अनौठो लोकतन्त्र आएको छ यहा बहुमतबाट कुनै निर्णय हुन पाउदैन अल्पमतको दादागिरी चल्छ सधै, ८० प्रतिशत जनता हिन्दू छन यहा तर अब हिन्दू धर्मलाई नै पाखा लगाउने खेल खेल्दैछन केही हण्डी खाएका नेता भनाउदाहरू नै । “यो अधिकार तिमीलाई कसले दियो ?” आज नेपालीले सोध्धैछ्न । धर्मलाई अपहीम मान्ने र आफ्ना जन्मदाता बाबु, आमा मर्दा समेत क्रिया बस्न नसक्ने पाखण्डीहरू आफूलाई चाहिदा “जात” को कुरा गर्छन … तर देशलाई चाहिने पहिचान नै मेटाउदै हिडेका छन् । यो अधिकार तिनलाई कसले दियो ? के यति ठूलो विषयमा जनमत संग्रह पर्दैन ?
अब सम्पूर्ण नेपालीले ज्वाला मुखी बनेर, माँ दुर्गाको, प्रचण्ड रुप र शिवले त्रिनेत्रबाट अग्निको ज्वाला निकालेर दग्न गरे झैँ महाकाली, भद्रकाली भई जाईलाग्ने बेला आयो हामीले आफ्नो सनातन हिन्दू, बौद्धिष्ठ, किराती लगायत अन्य जनजाती जो धेरै वर्ष देखि नेपाली माटोमा जन्म भएको छ ती सबैले धर्मको रक्षा गर्न नेता हुन् वा कुनै देशका दलाल हुन् जो हाम्रो देश पसेर हामी बीच लडाउन आउछ त्यसको जीव्रो थुतेर, हात काटेर देशको छवी संकटमा पार्न चाहनेलाई लखेट्नै पर्छ त्यसैले हामीले एकार्का बीच कुनै पनि दुरी नल्याई हातेमालो गर्दै देश र देशको गरौवलाई जोगायौ किनकि हामी नेपाली हौ र नेपाल र नेपालीको राष्ट्रियताको सवाल हो भने सबैलाई अब थाहा भएकै छ नेपालका राजनैतिक पाटीमा लाग्ने प्राय स्वार्थ भावनाले कमाउने मनसायले डाका झैँ पैसा लुट्न राजनीतिको आडमा पसेका नेताहरू, बिदेशी र भारतका दलाल हुन् भन्ने हामीलाई राम्रोसँग थाहा छ किनकि कालापानी बेचाए साच्चै भन्नु पर्दा आधा नेपाल बेचिदिए अब नेपाललाई विश्व भरि चिनाउने गौतम बुद्ध जन्मेको देश लुम्बिनी बेच्ने कसरत गर्दैछन रे जुनजी टिभीबाट प्रसारण गरिएको बुद्ध इन्डियामा जन्मेका हुन् रे भन्ने सुनिदै छ, यस्तै पारा हो भने अब यी नेताहरूले देशलाई भित्र भित्रै बेचेर सखाप बनाउनेछन र आफूहरू आफ्ना परिवार सहित विदेशको नोकर बन्ने त छन् नै तर हामी गरिबहरूको कस्तो हवगत होला ? अब जागौ हामी, खोल्लौ आँखाँ हाम्रो र विदेशिलाई लखेट्न र देशको छवी जोगाउन आफूले खुनको खोलो बगाउनु परे पनि अब आन्दोलन गर्न हरेक नेपालीले एकार्का बिचको प्रेम भाव राख्दै यो सन्देश संसार भरका नेपाली बीच पुराएर हामीले अब लड्न नै परे पनि रगत खाएको शेर जस्तो बन्नु पर्छ हामी देशको हितचाहने राष्टवादी हौ भन्ने कुरा अब सामना गरेर देखाउन लागि परौ, जय हिन्दूराष्ट नेपाल ।
निशा खनाल अर्याल
राजविराज सप्तरी,
इजरायल
