जनआन्दोलनको आलो घाउबाट जन्मेकी,
रजस्वला नभएकी,
कलिलो बालिकाको
घाँटी थिची-थिची
सामुहिक बलात्कारको शिकारमा
रगताम्य क्षतविक्षत
अथाह पीडा बोकेर
सलाइन पानीको भर लिएको
अचेत
बाँच्ने आशा कम भएको,
निरीह देख्दैछु म,
हाम्रो गणतन्त्र ।
पशुपति कर्माचार्य

गणतन्त्र
लेखनमा अभ्यास गर्दै जाने हो भने र उचित शब्दचयन हुने हो भने अँझै तगडा कविता बन्न सक्छ ।