Skip to content

जगैबाट हल्लिएको घर


जगैबाट हल्लिएको घरभित्र शान्ति हुँदैन
पर्खाल मात्र ठडिएको घरभित्र शान्ति हुदैन

हत्या हिंशा, द्वेष राग, कलह छ आपसमा
रुवाबासी मच्चिएको घरभित्र शान्ति हुँदैन

आफ्नै धुरी भत्काउँन छिमेकीको साथ माग्छौं
परायबाट हेपिएको घरभित्र शान्ति हुँदैन

थाम दलिन मक्किंदैछ ढुसीकिरा बढेपछि
स्वार्थीबाट खोक्रिएको घरभित्र शान्ति हुँदैन

‘घायल’छ मेरो आत्मा अनिश्चित भविष्य नि
सीमित स्वार्थ लादिएको घरभित्र शान्ति हुँदैन

दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३, रामेछाप
हाल:अलऐन,युएई
©घायल

1 thought on “जगैबाट हल्लिएको घर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *