भुसभित्र, भित्र-भित्रै आगो सल्किएछ
तातो खोले, ल्याप्प—ल्याप्प छाउरो पल्किएछ
विज्ञानको घर्षणले आगो पार्ने कला
ठ्याक्क—ठ्याक्क चकमकले झुलो सल्किएछ
हिउँदको बिहानीमा अगेनाको तातो
डिलमा बसी ताप्दाताप्दै जीवन ढल्किएछ
एकोहोरो नशा लागी मदोन्मत्त, लट्ठ
काम,कुरा सबै बिर्सी मन बल्किएछ
मग्नमस्त भमराको बन्द भयो ढोका
तब भने छटपटीले आँसु छल्किएछ
भुसभित्र, भित्र-भित्रै आगो सल्किएछ
तातो खोले, ल्याप्प—ल्याप्प छाउरो पल्किएछ ।
रामविक्रम थापा
फाक्टाङ—२, कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०
