Skip to content

तलब वृद्धिको तनाव


“बुबा ! अब त मलाई एउटा दामी मोबाइल किनिदिनु पर्छ नि !” छोरीको वाक्य पूरा नहुँदै छोरो बम्कियो-“मलाई पनि अब त मोटरसाइकल किनिदिनु पर्यो, कत्ति यो थोत्रो साइकल चढ्नु ?” पालो अब पत्नीको आयो, उनी पनि के कम-“यसपटक भने मेरो पनि खाली गला सिक्रीले भरिने भो !”

अर्थमन्त्रीको बजेट भाषण टेलिभिजनमा सुन्दासुन्दै परिवारका सदस्यहरूले आ-आफ्ना मागपत्र भटाभट तेस्र्याए । हँसिलो मुहारको सहकर्मी शिक्षक मित्र पल्लो घरबाट आएर हतारिंदै बोल्यो-“बजेट भाषण सुन्नुभो सर ? हाम्रो तलब दश प्रतिशत बढ्यो नि ! ”

सबैजना खुशी भएको त्यो रमाइलो परिवेशमा उसलाई आप्mनो यथार्थ अभिव्यक्ति दिन निकै अप्ठ्यारो भयो । निरुत्तर भएर नाजवाफ बस्नु त भएन । छोरी,छोरो,पत्नी र मित्रतिर हेर्दै उसले पनि आप्mनो मनोभावना पोख्यो-“तलब सियोजति बढ्यो भने महङ्गी फाली जत्रो । अर्थात् दश प्रतिशत तलब बढ्दा महङ्गी तीस प्रतिशत । बढेको तलब हामी शिक्षकले चारमहिनापछि असोजमा मात्र पाउँछौं भने महङ्गीचाहिँ आजै साउन एक गतेदेखि नै बढिसक्यो !”

खुइ्यया गर्दै त्यो शिक्षक डङ्रङ्ग ओछ्यानमा पल्टियो ।

रामविक्रम थापा
फाक्टाङ-२, कृष्णगर्त, खोटाङ
मो.नंं ९७५३००४३६०

1 thought on “तलब वृद्धिको तनाव”

  1. सबै कर्मचारीको साझा पीडा ।
    सबै कर्मचारीको साझा पीडा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *