Skip to content


अदालतको कठघरामा उभिएर
गीता छोएर
धेरै साक्षीहरूले कसम खाए
म जे भन्ने छु, सत्य साँचो भन्ने छु
साँचोको अलावा केही बोल्ने छैन ।

सत्य साँचो बोल्ने कसम खाएर
झुट्ठा बोल्ने साक्षी
भष्मासुरको हात थाप्लोमा परे झैं
तत्काल भष्म भएको
मैले कतै देखे सुनेको छैन ।

कसम
झुठलाई साँचो तुल्याउने
मन्त्र रहेछ
कसम
झुठ छोप्ने
मखमली पर्दा रहेछ
कसम
तोड्नको लागि खाँइदो रहेछ ।

म जस्तै परिस्थितिमा पनि
कहिल्यै कसम खाने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *