मलाई छोडी जाने, बाध्यता या रहर कुन थियो ?
तौलियौ मेरो माया धेरै, भन चांदी या सुन थियो ?
म झार्थे सधैं आँसुहरू, हरपल आफैमा हराई
टोलाउदै त्यो आकाशमा हेर्ने, तारा या जुन थियो ?
दुखाउने छैन मन मैले, अबदेखि कहिले पनि
निर्दयी भई पिस्यौ तिम्ले, भरोसा या खुन थियो ?
थाहा छ मलाई कस्तो हुन्छ, बेदना र पीडाहरू
भन यी आशुका थोपामा, चिनी या नून थियो ?
बिर्सिएर गयौ तिमी, मैले कतै भुल्न सकिन
यादहरूलाई ताजा गराउने, बैगुन या गुन थियो ?
रन्जना न्यौपाने
चरिकोट, दोलखा

कति राम्रो । यस किसिमकाे
कति राम्रो । यस किसिमकाे रसलाइ वियाेजन्य विप्रलब्ध श्रृङ्गार रस भनिन्छ । यस दृष्टिले गजलका बान्कीकाे याे कविता निकै अाकर्षक लाग्याे । बैनीलाइ धन्यवाद ।