Skip to content

तीन मुक्तक (कोही भन्छन् आफूलाई)


थुङ्गा एक

कोही भन्छन् आफूलाई जाति कोही जनजाति
कोही भन्छन् आफूलाई मधेसी कोही हिमाली
भूगोल र जात जातिमा बाँडियौं हामी
यो देशमा खोई त को हौँ नेपाली ?

थुङ्गा दुई

समवेदना र सद्भाव साटिनु पर्छ
मानवताको डोरी प्रेमसँग बाटिनु पर्छ
पुरुषत्वको कलङ्क हो बलात्कार
त्यो कलङ्कित् लिङ्ग काटिनु पर्छ ।

थुङ्गा तीन

खुल्ला आकास मुनि चल्ला नछोड्नु सानु बाज लाग्छ
नबीनतम परिवर्तनको कुरा गर्ने हुन्न समाज लाग्छ
नाङ्गाहरूको वस्तीमा नाङ्गै बस्न के को लाज
नाङ्गाको वस्तीमा लुगा लाउनेलाई पो लाज लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *