
फूल भनौँ फूल होइनौ, जून भनौँ जून होइनौ
मनपर्छ तर किन तिमी, सङ्गीतको धुन होइनौ
के छ तिमीमा त्यस्तो कला मलाई आफूतिरै तान्ने
तानेपछि छुट्नै नदिई कसीकसी आफूमै बान्ने
हिरा भनौँ हिरा होइनौ, सुन भनौँ सुन होइनौ
मनपर्छ तर किन तिमी, सङ्गीतको धुन होइनौ
के छ तिमीमा त्यस्तो जादु मलाई आफूतिरै खिच्ने
खिचेपछि भाग्नै नदिई मरीमरी आफूमै थिच्ने
तारा भनौँ तारा होइनौ, ऊन भनौँ ऊन होइनौ
मनपर्छ तर किन तिमी, सङ्गीतको धुन होइनौ
डम्बर बिकेल
