Skip to content

सधैं नयाँ सपनी आउँछन्


सधैं नयाँ सपनी आउँछन्, सपनीमै हराउँदै जान्छन्
रमाइलो यही दुनियाँ भन्दै, हाँस्दै कराउँदै जान्छन्

कोशिस गर्छु ल्याऊँ कि तिन्लाई, दिनहरू भित्र कतै
हुँदैनन् कुनै पनि पुरा भन्दै, मलाई डराउँदै जान्छन्

लुकामारी खेल्दाखेल्दै, ब्यूँझाइदिन्छ झुल्के घामले
आँखाभरि तिनै नयाँ, सपना फेरि भराउँदै जान्छन्

कुनै बेला हसाउँछन यहाँ, रुवाउँछन कैले रातैभरि
मनमा भित्रभित्रै कता कता, तुल्बुल गराउँदै जान्छन्

कति सुन्दर ती सपनाहरू, सजाएर सदा राखौँ जस्तो
लजाउदै हरेक समयमा, आफैलाई मन पराउँदै जान्छन्

रन्जना न्यौपाने
चरिकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *