परिचय
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले अक्षरहरूको पिरामिड संयुक्त गजलसङ्ग्रह लिएर हाम्रो अघि खडाभएको छ । यो कृतिले चौधैअञ्चलका केही गजलकारहरूका गजललाई समेट्ने प्रयास गरेको छ र १२५ जना गजलकारका गजलहरू यसमा समावेस गरिएको पाइन्छ । गजलकार पुष्प अधिकारी अञ्जलिले यो एउटा गहन कामको थालनी गरेर गजल आकाशमा आफ्नो नामको साथै चितवनलाई प्रकाशमय बनाएका छन् । देशभरका युवायुवतीहरूलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानको आगनमा गजलका सुन्दर शेरहरू सहित उपस्थित गराउने उनको काम निकै प्रशंसनीय छ । पुष्पजीले देशभित्रका मात्र नभएर विदेशमा भएका नेपाली युवायुवतीहरूका गजलहरूलाई संकलन सम्पादन र प्रकाशन गरेर गजल क्षेत्रलाई निकै सहयोग पुर्याउनु भएको छ । ९०४ पृष्ठको यो संयुक्त गजलसङ्ग्रहका गजलकारहरू यस प्रकार छन् –
मेची अञ्चल
कल्पनाओली (३) केशव चापागाईँ ‘एक्लो मान्छे’ ((१५), केशर माङ् युङ्, सुब्बा( (१५), गोविन्दप्रसाद तिवारी (१३), जनकप्रसाद राई (१५), टङ्क भण्डारी (१५), दुःखी पमदा (१५), दिलीप साम्पाङ “आँसु” (१३), दिनेश साम्पाङ राई (१५), निशा कटुवाल (१३), इन्द्रजित लावती “पूर्वेली गाउँले” (१५), विष्णु सङ्ग्रौला (१३) महेन्द्रकुमार मिश्र ‘जडास’ (१५), राजकुमार खड्का (१३), रूपेश अनमोल (१३), लक्ष्मी माङचेम्जोङ (९), सम्झना घिमीरै (१३), समीर कार्की (१५), शान्त तिमील्सिना ‘इलामेली’ (१५), शिव सुवेदी (१५), सुजन क्षितिज याङना राई (१३), लक्ष्मीप्रसाद (फेयङग) लिम्ब सुन्दर अल्पभाषी (१५) सौगात गजमेर ‘मात्र’ (९) र हरिप्रसाद ओली (१३),गरी यस अञ्चलबाट २४ जना गजल स्रष्टाहरूका २९० वटा गजलका शेरहरू समावेश गरिएका छन् ।
कोशी अञ्चल
यस अञ्चलबाट एकु घिमिरे(१३), चन्द्र खड्का (१५), तेज राई विवश (१५) दीपक दियालो ढुङ्गाना( १३), रमेश क्षितिज बराल (१५) र सूर्य खत्री ‘घायल’ ११),गरी ६ जना गजलकारका ८२ वटा गजलका शेरहरू समावेश गरिएका छन् ।
सगरमाथा अञ्चल
यस अञ्चलबाट जगत अधिकारी अनमोल (१५), युवराज बस्नेत बन्दी( १५) र विष्णुकुमार रेग्मी (१५))गरी तीन जना गजलकारका ४५ ओटा गजलका शेरहरू समावेश गरिएका छन् ।
जनकपुर अञ्चल
यस अञ्चलबाट नारायण निर्जल भण्डारी (१५), नारायणराज चौलागाई ं‘पाण्डव’ (१३), सानुबाबु मल्ल (१५) र,सोमकृण्ष श्रेष्ठ (१५)) गरी ४ जना गजलकारका ५८ वटा गजलका शेरहरू समावेश गरिएका छन् ।
वागमती अञ्चल
वागमती अञ्चलबाट अनिता भण्डारी (१५), इन्दिरा खतिवडा प्रयास (१३), कमल चौलागाईं ‘सरगम’ (७), ओमकार ‘डेनिल’ थापा (१५), घनश्याम मुडवरी ‘एकल यात्री’ (१५), मानन्धर अभागी (१५), मीन रिजाल ‘समर्पण’ )१३), रमि भण्डारी गोमा (१३) राधिका कुइकेल (खनाल) (१५), रेखा मानन्धर ‘काली’ (१५), शारदा पाठक केवल (१५),र सुनील स्पन्दन (९),गरी, १२जना गजलकारका १६० गजलका शेरहरू समावेश गरिएका छन् ।
नारायणी अञ्चल
यस अञ्चलबाट कमल अर्याल धाििदङ्गे (१५), गणेश शर्मा पौडेल ‘चन्दन’ (१३), देवेन्द्र गैरे ‘कैदी’ (१५), प्रभाकर पण्डित (१), पुष्प अधिकारी ‘अञ्जलि’ (१), विमला शर्मा ढुङ्गाना (१५), विकास कँडेल ‘निश्चल’ (१५), भगवती बस्नेत (१५), राजकुमार ‘राजप्रणय’ (१५), रामचन्द्र बस्याल ‘बिखर्ची’ (१५), विनोद पौडेल (९), वीर पृथक थापा मगर (१५), सुमित्रा पौडेल आँचल (५), सुरज अधिकारी ‘अविरल’ (१३) र ज्ञानप्रसाद अधिकारी ‘अनन्त’ (१५) गरी १५ गजलकारका १६२ गजलका शेरहरू समावेश गरिएका छन् ।
गण्डकी अञ्चल
गण्डकी अञ्चलबाट अथाहसागर तीर्थमान (१५), अश्मीजी एम (१५), दुर्लभ थापा (१५), नवराज थापा ‘क्षितिज’ (१५) प्रदिप पाण्डे ‘रोदन’ (१५), युवराज सुवेदी (१३), रमेश भट्ट ‘साधु’, (१५), लक्ष्मण भन्तना ‘शिरीष’ ( १५), लक्ष्मण तिवारी (१३), सरस्वती लामिछाने सरू (१५), सङ्गीता लुइटेल (१५), सानु शीतल (११) र सुमित्रा अधिकारी धिताल ‘शिरू’ (१३),गरी १३ गजलकारका १८५ गजलका शेरहरू समावेश गरिएका छन् ।
लुम्बिनी अञ्चल
लुम्बिनी अञ्चलबाट अशोक हिस्की (१३), कपिल कुँवर (१५), कला तिवारी ‘अञ्जली’ (१५), तिलक भट्टराई ‘अञ्जान’ (१५), दीप मिलन (९) दुर्लभ शाह ‘त्यागी’ (१५), देवी सुवेदी (जिसी (१५), नारायण प्रभु (९), प्रतिमा केसी (७), विष्णुमाया अधिकारी विभु (१३), विजय ज्ञावली (१), माधव प्रसाद भण्डारी (१५), मौलिक श्रीस (१५), यमाकान्ती भट्टराई (१५) र हरिहर कँडेल (१५) गरी १५जना गजलकारका १८७ गजलका शेरहरू समावेश गरिएका छन् ।
धौलागिरी अञ्चल
यस अञ्चलबाट के आर एकल यात्री (७), देवीलाल पौडेल (१५), राम कक्डेल (१५), र राजीव जी.सी. ‘संघर्षसी, (१५) गरी ४ जना गजलकारका ५२ वटा गजलका शेरहरू समावेश गरिुएका छन् ।
कर्णाली अञ्चल
कर्णाली अञ्चलबाट कृष्ण शाही ‘किरण ‘कालीकोटे ( १५) र धनगिरी फडेरा ‘आफन्त’’ (११ं) गरी दुई जना गजलकारका २६ वटा गजलका शेरहरू समावेश गरिएका छन् ।
राप्ती अञ्चल
राप्ती अञ्चलबाट खिम संयोग खड्का (१५), डी. आर. सङ्गम ‘दीप ओली (११), भास्कर काजी (१५), लोकेश श्रद्धालु (१५), सुशील पुन ‘विरही’ (१५), र शैली विहीन ((१५)गरी छ वटा गजलकारका ८६ वटा गजलका शेरहरू समावेश गरिएका छन् ।
भेरी अञ्चल
भेरी अञ्चलबाट अञ्जान यात्री (१५), काजी सूर्यबहादुर थापा (७), टोपबहादुर बी.सी.(जलन बी.सी.) ‘जञ्जिर’ (१५ )तेजेन्द्र्र विवश के.सी.(१५), दिनेश क्षेत्री (१३) प्रकाशमान के.सी. ‘किरण’ (१५),बद्री सुभाष (१५), भूपाल ठाडामगर क्षितिज (१३) सलिम अन्सारी (११), लोकेन्द पुन वर्षाद एस (१५)र हरि जलन बस्नेत (१५) गरी ११ गजलकारका (१४९ गजलका शेरहरू समावेश गरिएका छन् ।
सेती अञ्चल
सेती अञ्चलबाट गणेश रोकाया स्मृति (१५),गोठालो कान्छा (१५),जनक रसिद )१५), दीपेन्द्र विवश विष्ट (१५), दुर्गा माया मन्दिर (११), बाबु देवकोटा (१५), सरिता जोशी (१), र संसार प्रतिक्षा (१५) गरी ८ जना गजलकारका १०२ गजलका शेरहरू समावेश गरिएका छन् ।
महाकाली अञ्चल
महाकाली अञ्चलबाट बबिता थापा (१५) र सागर सिंह ठगुन्ना (१५) गरी दुई जना गजलकारका ३० वटा गजलका शेरहरू समावेश गरिएका छन् । यहाँ कोष्टमा राखिएका संख्या गजलका शेरहरू हुन् ।
परिवेश –
यस कृतिले माथि उल्लेखित अञ्चलमा झापा, पाँचथर, ताप्लेजुङ, इलाम, खोटाङ, धनकुटा, मोरङ, ओखलढुङ्गा, जनकपुर, सिन्धुली, दोलखा, काठमाण्डौ, काभ्रे, नुवाकोट,, धादिङ, भक्तपुर, चितवन, तनहूँ, गोरखा, स्याङ्जा, पाल्पा, नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँची, वागलुङ, कालीकोट, दाङ, रुकुम, स्ल्यान, दैलेख, सुर्खेत, वर्दिया, जाजरकोट, प्यूठान, डोटी, कैलाली, डडेलधुरा, आछाम, कञ्चनपुर र दार्चुला जिल्लाका गजलकारलाई समेटेको पाइन्छ भने रोजगारको लागि दक्षिण कोरिया, साउदी, मलेसिया, ओमन, अमेरिका, इजरायल, युएई, कुवेत, नर्वे, कतार र आवुधावीमा गएर पनि साहित्य सिर्जनामा लागेका गजलकारका गजलका शेरहरू समावेश गर्न सफल देखिन्छ । पिरामिड भित्रकाका गजलहरूमा चितवनको परिवेशमा धेरै गजलहरू लेखिएको देखिन्छ भने झापाको परिवेशले दोस्रो स्थान लिएको पाइन्छ ।
गजलमा विविधता
यस गजलसङ्ग्रहभित्र हामीले हरेक चिजमा विविधता पाउँछौं । उमेरको हिसाबले युवायुवतीको बाहुल्यता भए पनि प्रौढ पनि सहभागी भएको पाइन्छ । महिला गजलकारको संख्या भने २५ जनामात्र सहभागी देखिन्छन् । बहरमा लेखिएका गजलहरूको संख्या पनि राम्रै रूपमा देखिन्छन् ।
गजलमा शृंगार रसको प्रधान हुनु स्वभाविक नै हुन आउँछ तापनि गजलका शेरहरू राष्ट्र, राष्ट्रियता, सामजिक विविध क्रियाकलपाहरू, चाडपर्वले निम्त्याउने समाजमा आर्थिक बोझ, समाजिक विवशता, वेदना, समसामयिकता, चाडपर्वमा जुवा र रक्सीले घरबार विहीन बनाउने, महगाई जहाँ सुकै व्यपकता, देश बनाउन युवाहरूको काँधको आवश्यक्ता, प्रेममा विछोड, दाइजोको कारणबाट माइतीमा रिनैरिन, विदेशमा गएर लास बनेर फर्कदा पनि चेत नपस्ने, निदाउनको लागि चुरा बज्न पर्ने, राहतका कुरा, टल्कने देखिदैमा मोती हुँदैन,रिसाउने नै मायालु हुने मुस्कुराउनेमा छुरा हुने, नेपाली वीर गोर्खाली हुन्, पसिना र खुन पैसामा बिक्छ,, खेतबारी बाँझिनु, परदेशीलाई देशमै फर्कने आवाहन, आँखाबाटै चुम्मन, चिता जलाउनु, अघि जीवन सुखी थिएन, सोल्टेनीलाई सम्झनु,सँगै बाँच्ने वाचा कसम, प्रेमको मूल्य छैन, उपहारमा मुटु दिने, एकजुनी भए पनि साथ देऊ, मुस्कानमा चन्द्रसूर्य उदाउनु, शहरको कोलहाल, बाटो थुन्नेहरू, मृगतृष्णा जाग्नु, मनको रहर मेटिनु,कतै हँसाइ दिने कतै नचाइ दिने, मायाको चितामा जलाई दिने, नेताका भाषण अखबारमा लेखिन्छन् तर सत्यतथ्य खबर लेख्ने शक्ति पत्रकारमा छैन, बालकपनको याद, कतै छडके नजर, कतै मुटुको धडकन, महलको रमाइ, झोपडीको रुवाइ, ढुङ्गालाई देवता मान्नु, शत्रुलाई मित्रु ठान्नु, अधुरा चाहा, गजलमा मेचीदेखि महाकालीसम्म बाढी आएकै हो,, गजलको प्रमुख अङ्ग काफिया, मतला मक्ता हो, नेताको चलखेल, जवानी लुटाउनु, गेडी नभए अन्धो हुन्छ बहिरो हुन्छ न्यायमूर्ति पनि, मायामा जितै जित, समयको चक्रमा बन्ने बन्धकी, प्यास मेट्ने पानीको अभाव, जता हेर्यो दुनियाँको तिर्न वाँकी छ,,धनको पूजा,, डेराको बास, प्रेमले जात धर्म कुल केही हेदैन, स्वर्णीम भविष्यको कल्पना, पहाडको झर्नामा लगाइने प्रेमको आनन्दता, बचनका तीखा धारले दिलको कोपाई र पोलाई, युवाहरू गनाउन छाडेर देशबनाउन लाग्नको लगि आह्वान, फूललाई असिनाले कुट्नु र भमराले लुट्नु, सिरीषको फूल फुलाइन् साहित्यमा नाम कमाइन् नेपाली नारीले भन्दै पारीजातको सम्झना, आफ्नो रूपलाई आफै ऐनामा हेर्नु पर्ने, बास, गास, बतास र गरिबीले पोल्नु, गल्ती मानिसबाटै हुन, एक गल्ती लुकाउन लाखौं गल्ती गर्छ मान्छे, प्रेमले दिएको जहर अमृत ठानी पिउनु, विश्वासघातको असर, इतिहास हेर्दा नेपाली वीर हुनु, सत्यको जित असतको हार हुनु, जिन्दगी खाली पाना हो, बलेको आगो सबैले ताप्नु, फल झर्छु भन्ने जानेर पनि फल फल्न नछाड्नु, सरकार वदनाम हुनु, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय पोशाक, र पौरखका कमाई प्यारो लाग्नु, देशको र विचारको बुद्ध र शुद्ध,को साथै भेदभाव छुवाछुत र शोषणको विरुद्ध हुनु पर्ने, विदेशीको गुलाम हुन नहुने गुण्डागर्दी लुटपाट राजनीति छेकबारमा, चोर फटाहा भ्रष्टचार सरकारमा, खाद्यबस्तुमा मिसावट कहाली लाग्दो नारीमाथिको अत्याचार, बाबुबाटै छोरीको बलत्कार, दाइजोले निम्त्याएको विविध विकृति, द्वन्द्वकालमा मरेका घाइतेको लागि छानविन आयोग र लडाइँले बनाएका विधवा र टुहुरा बनेकालाई राहतको माग, संसदबाट हरेक जनताको भविष्य उज्ज्वल हुने, गरिबको लागि कानून हीतहुने, देशमै रोजगारी उचितहुने,, जनताको विचार सम्मानित हुने जनतालाई देश विकासमा सम्मिलित गउन सक्ने खालको संविधानको माग, कानून हातमा लिने काम, जनतालाई शोषण गर्ने, नाराजुलुश गर्ने, टायरबाल्ने, गुण्डापाल्ने जस्ता कुकृत्य कुकर्मले देशको विकास रोकिनु, क्षिमेकीबाट भूपिमको अतिक्रमण भएको,दिनदाहाडै चेली लुटिनु,,आगोमा आगो त सबै लगाउँछन् पानीमा आगओ लगाउन नसकिने, मौकामा चौका हान्नु, मृत्युभन्दा ठूलो सजायँ भए सुनाइृदने कुरा, मरेपछि उपचार गर्छ सरकार, बृद्ध बाबा आमालाई बोकेर आश्रममा लगेर छोड्नु, भाले भएर बास्न नसके र पो रित उल्टो भयो, मरुभूमिमा भए पनि देश नबिर्सनु, नियतिले धेरै गर्न सक्ने, बालुवामा घरबनाउनु, मन्दिरमा भगवान कैद छन्, आदि खाले विविध विषयमा रचित गजलहरूको अध्ययन गर्न पाइन्छ ।
बास्तवमा यस कृतिभित्र प्रेमका विविध पक्ष, राष्ट्र राष्ट्रियताले भरिएका विविध धारणाहरू, राजनीतिक भ्रष्टता, सामजिक विकहृतिहरू, युवाको विदेशपलायन र विदेशको पीडा, गास, बास कपाको खोजी विविधतामा भरिएको पिरामिडले नेपाली गजल आकाशमा स्वर्णित तारा थप्न सफल देखिन्छ ।
अन्त्यमा गजलमा भाषागत रूपमा पनि गजल सरल भाषामा लेखिएका छन् । कतै कतै मातृभाषाले स्थान लिएको पनि देखिन्छ । गजल प्राय लयात्मक र गाउन सकिने खालका छन् । गजलमा कते कतै काफियामा विचलन पनि देखिन्छन् । कतिपय गजलहरू बहरमा पनि लेखिएका छन् । समग्रमा सम्पादकले निकै मिहनेत गरेको देखिन्छ र सुन्दर कृतिको जन्म भएको छ ।
हेरौ केही गजलका शेरहरू
सिरीसको फूल फुलाइन नेपाली नारीले
साहित्यमा नाम कमाइन् नेपाली नारीले
पृष्ठ ५५, गजल ११, दिलीप सापाङ् ‘आँसु’)
गजलमा बाढी आएकै हो मेचीदेखि महाकालीसम्म
चौतर्फी गजलकारको सिर्जनशील नशा हो
(मानन्धर अभागी गजल २, पृष्ठ ३११)
दौरासुरवाल, ढाकाटोपी, धोती प्यारो लाग्छ
पौरखको आफ्नै कमाई रोटी प्यारो लाग्छ
(रामचन्द्र बस्याल ‘विखर्ची’, गजल १२ पृष्ठ४२५)
बलात्कृत भई छोरी आत्महत्या गरी
आँसु मोती खसाल्दै ऊ चिहान खोज्दैछ
(प्रदिप पाण्डे‘रोदन’, गजल १०, पृष्ठ ४९६)
आमा तिमी प्रथम गुरु नीति शिक्षा सिकाउने
तिम्रैो मीठो दन्त्य कथा नसुनेको धेरै भयो
(शारदा पाठक ‘केवल’ गजल २, पृष्ठ ३४९)
युद्धका बाढीले बढारिएका सहिदको
सम्मानित परिवेश म खोजिरहेछु
(राधिका कुइकेल (खनाल) गजल ६,पृष्ठ ३३५)
आफ्नो स्वतन्त्र अस्तित्व गुमाउनु पर्छ भने
घृणा र तिरस्कार भरिएको परिवार चाहिँदैन
(बबिता थापा, गजल १, पृष्ठ ८८९)
धन्यवाद,
सदानन्द अभागी
कावासोती नगर पालिका वडा नं ७ शान्तिचोक,
मिति २०७१ साल चैत्र २० गते
