मल्लकालीन सांस्कृतिक सम्पदा
हाम्रो धरहरा इतिहासको गाथा
वसन्तपुर, पाटन, भक्तपुर दरबार
सबै सबै सकियो आँसुमा बग्यो घरबार
यहाँ थिचिएका किचिएका सासहरू
एकपछि अर्को बोकिएका लासहरू
विजुली छैन अन्न पानीको हाहाकार
एक पछि अर्को आफ्टरशकको प्रहार
संकटमा दु:खेका पीडित सबैजना
त्राही त्राही यता उता बस्ती घना
जोगिन खुल्ला स्थानको खोजीमा
संपर्कका फोन नम्बर खोज्दै गोजीमा
काठमाण्डौँ छिचोल्न पहिरोसँग द्वन्द
देश विदेश जोड्ने उडानहरू बन्द
हाय यो कस्तो अन्योल अनिश्चित समय
कठोर भू-कम्प पल पल निराशाको भय
आफ्ना आफन्त सबैमा चिन्तित कोलाहल
जगाऔँ आशा र विश्वास, बढाउँ मनोबल
देश विदेश तन मन धनले सहयोग पुर्याऔँ
सबै मिलीजुली भूकम्प पिडितको उद्धार गरौँ
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
