Skip to content
C360_2015-01-21-08-02-06-656

सुक्यो डाली गुलाबको, अब कुन फूल फूलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो माया भूलाउने
भन्नलाई त भन्छौ प्रिय, असल जिबनसाथि रोज्नू
दिन त ढल्यो अँधेरीमा, के अर्थ भो जून खोज्नु
दुख्दा अतित आँसुहरु, कस्को सामू खुलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो माया भूलाउने
कथा उस्तै ब्यथा उस्तै, अधुरो छ यात्रा पनि
सम्झनाको घाउहरु, बल्झिरहदा ताजा बनी
तिमी भित्रै कैदी यो मन, अन्तै कता डुलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो साथ भूलाउने
<अनिश्चित यात्री>
प्रबासबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *